मिलनको जापानको कोसेली हानानो ओसीबाना अर्थात झारपातबाट चित्र बनाउने कला

0
1224

 

सरिता तिमिल्सीना पगेनी
पोखरा।  हामीलाइ बिदेश जाने अबसर मिल्यो भने बिदेशको कोसेली के ल्याउछौ  होला ,इलोक्ट्रोनिक सामानहरु जस्तै मोबाइल क्यामरा,ल्यापटप, या कपडा,गहना वा अन्य यस्तै तर पोखराकी  मिलन शेरचनले भने ५ बर्ष लामो जापान बसाइ पछि गजब्बको कोसेली लिएर नेपाल फर्किइन   “ हानानो ओसीबाना अर्थात सूकेका झारपातबाट चित्र बनाउने कला ।” उनले जापानी कलाकार नोहारा उमी संग झारपातबाट चित्र बनाउने सिप सिकेकी हून । हानानो  ओसीबाना जापानी शब्द हो ।दाजू अमेरीका भएका कारण  अमेरीका जाने अबसर पाएकी  शेरचन केहि समयको अमेरीका बसाइपछि उनी त्यहि बाट जापान छिरिन ।जापानमा साथी साइतो सानको संगतमा लागेर उनी एयटा कला प्रर्दशनीमा पूगीन । ती कला बाट प्रभाबित पनि भइन । लगातार पाँच बर्ष सम्म सृजनामा तल्लीन रहिन । सम्भबत : नेपालमा झारपातबाट चित्र बनाउने उनी पहिलो नेपाली महिला  हून ।

उनलाइ सूरुका दिनमा धेरैले  झारपात बाट पनि चित्र हून्छ भन्दै खिस्याए ।तर आटीली र धैर्य स्वभाब भएकी मिलनले जब रंग र कूचि बिना झारपात बाट  आर्कषक चित्र बनाएर देखाइन त्यसपछि सबै दंग परे । “झारपातबाट कहाँ चित्र बन्छ भन्नेहरु नै आहा कति राम्रो चित्र भन्दै हेर्न आउन थाले “ मिलनले भनिन,सबैको हौसला पाए पछि म मा थप उर्जा र केहि गरेर देखाउछू भन्ने आत्मबल पलाएर आयो । आजकल झारपात बाट नया नया कलात्मक  चित्र बनाउनू उनको दैनिकी नै बनेको छ । मिलन प्राय रातमा चित्र बनाउछीन । हून त जतिबेला बनाएपनि त्यहि हो,तर रातको समय हल्ला पनि कम हूने र के चित्र बनाउने भनेर  परिकल्पना गर्न पनि डिस्टर्ब नहूने भएकोले रातको समय मेरो रोजाइमा परेको हो उनले भनिन। प्रकृती  र समाज संग नजिक भएर चित्र बनाउन उनी बढि रमाउछीन ।

चित्र बनाउन उनलाइ थरिथरिका झारपात आबश्यक पर्दछ ,।उनी झारपात बटूल्न गाउसहर जताततै डूल्छिन । झारपात खोज्ने काममा आफूलाइ श्रीमानले पनि सहयोग गर्ने उनी बताउछिन ।  काँस, सिरु,कूरो,बन्सो,पिपलको पात, बाँसको पात,घोडे दूबो, भिमसेन पाती धतूराको फूल लगाएतका  सयौ थरिका झारपात    बटूलेर घरमा ल्याएर त्यसलाइ सूकाएर छेस्का, कैची र चिम्टाको मद्यतले त्यसलाइ चित्रको आकार दिन्छिन । फेबीकोलले झारपातलाइ कागजमा टाँसेर आर्कषक र लोभलाग्दा  चित्र बनाउछिन ।

उनका कलाहरु सामान्यतया दूइ सय देखी आठ, दश हजार सम्ममा पनि  बिक्री हूदै आएका छन । उनले चित्र बाट कमाएको रकम सामाजीक सेवाका काममा खर्च गर्दे आएको बताउछिन , “मलाइ खासै आर्थीक अभाब पनि छैन त्यसैले चित्र कला को बिक्री  बितरण बाट आएको रकम सामाजीक सेवामै लगाएकी छू उनले भनिन यसबाट मलाइ आत्मसन्तूष्टि मिल्छ ।  कम लगानीमा राम्रो कमाइ लिन सकिने भएकोले पनि  न्यून आए भएका तथा  काम छैन,जागीर पाइदैन  भन्दै दिनभर घरमा टि.भी हेरेर या बरालिएर  दिन बिताउने हरुका लागी यो चित्र कला बरदान साबित हूने उनले दाबी गरिन । नेपाली कलामा नया प्रयोगका लागी चित्र बनाउने मिलनले   चित्रकला सिक्न चाहाने हरुका लागी बेला बेलामा निशूल्क तालीम समेत आयोजना  गर्दे आएकी छन।