पोखरा ।आगामी वैषाख १ गते पोखरामा राष्ट्रिय झण्डा दिवस मनाउने तयारी गरिएको छ । पोखरा बृहत सफाई अभियान एंव नागरीक समाज पोखरासंगको सहकार्यमा युवा पत्रकार संजाल गण्डकी र वागेश्वरी असल शासन क्लव (बास) को सयुक्त आयोजनामा र्याली सहितको कार्यक्रम गर्ने तयारी गरिएको आयोजक संस्था बासका अध्यक्ष शिवराज बस्ताकोटीले बताउनुभयो ।
उक्त दिन पोखराको मानवअधिकारचोक चिप्लेढुंगादेखी न्युरोड हुदै सभागृहचोकसम्म राष्ट्रिय झण्डा सहितको र्याली गरिने बस्ताकोटीले जानकारी दिनुभयो । राष्ट्रिय पोशाक र झण्डा सहितको उक्त र्यालीमा पोखराका विभिन्न सामाजिक संघसंस्थाहरुले ऐक्यवद्धता सहित सहभागीता जनाउने उद्धघोष गरेका छन् ।
राष्ट्र र राष्ट्रिय एकताको प्रतिक राष्ट्रिय झण्डाको संरक्षण र सम्मान स्वरुप आयोजित उक्त कार्यक्रममा पोखरामा क्रियाशिल विभिन्न युवा क्लव र सामाजिक संघ संस्थाहरुले सहभागीता जनाउने बताएका छन् । कार्यक्रमको पुर्व तयारी बैठकका बोल्दै उनिहरुले यस्तो बताएका हुन् ।
पोखरा बृहत सफाई अभियान एंव नागरीक समाज पोखरासंगको सहकार्यमा युवा पत्रकार संजाल गण्डकी र वागेश्वरी असल शासन क्लव (बास) को सयुक्त आयोजनामा हुने उक्त कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्ने कार्यमा आफुहरुको उल्लेखनिय सहभागीता रहने अभियान्ता राम बहादुर पौडेलले बताए ।
यस्तै जनप्रतिनिधि समेत रहेकी पोखरा महानगरपालिका वडा नं. ५ की वडा सदस्य एंव नारी जागरण अभियानकी एक जना अभियान्ता अन्जु केसिले पनि युवाहरुको यस कार्यमा अभियानका तर्फबाट आवाश्यक सहयोग गर्ने बताईन् । आयोजक बासका अध्यक्ष बस्ताकोटीले कार्यक्रम पुर्ण रुपमा सफल हुनेमा विश्वास व्यक्त गरेका छन् ।
पछिल्लो समय राष्ट्र र राष्ट्रियता प्रति कयौन बहस तथा छलफलहरु गरिए पनि सारमा त्यस प्रतिको चिन्ता सर्वथा सरोकारको विषय भएको युवा पत्रकार संजाल गण्डकीका अध्यक्ष भीम थापाले बताए । यसलाई राष्ट्रिय जागरणको रुपमा बुझ्न र वैशाख १ गतेको कार्यक्रममा सहभागीता जनाउन उनले सम्बन्धित सवैलाई आह्वान गरेका छन् ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.