`´
नयाँ वर्षको अवसर पारेर काठमाडौंको तीनकुनेमा रहेको कौटिल्य सेकेण्डरी स्कूलले वरिष्ठ देखि कनिष्ठ सम्मका कविहरुलाई जम्मा गरेर विशेष वसन्त काब्य प्रवाह तथा शुभकामना अादानप्रदान कार्यक्रम राखेको छ ।
करिव ३० जना कविहरुले अाफ्ना रचना वाचन गरेको सो समारोहमा प्रमुख अतिथि कवि तुलसी दिवसले कवि गोष्ठीमा कति कवि उपस्थित भए भन्दा पनि कस्ता कवि उपस्थित भए भन्नेमा अर्थ राख्छ भन्दै मान्छेहरुको भिडभाड मात्र कवि गोष्ठि हुन सक्दैन भन्ने कुरामा जोड दिंदै जसरी हरेक व्यक्तिको रुप रङ्गमा असमानता हुन्छ त्यसरीनै हरेक कविको फरक चिनारी सहित अाफ्ना कवितामा असमानता हुन जरुरी छ।अबका कविताहरुले रमाइलोको लागि लेखिने प्रचलनबाट मुक्ति पाउन जरुरी छ र यदि राम्रो कविता छ भने म ताली वजाउँदै वजाउँदिन भनेर हात बाँधेर वस्ने व्यक्तिले समेत ताली नवजाई सुखै पाउँदैन भन्दै अब लेखिने कवितामा सूधार अाउनुपर्छ भन्ने अाशयको सूझाव समेत दिनुभयो।यसरी नै विशिष्ट अतिथि प्रा.डा.कुमार कोइरालाले “हुन त संस्कृतिकर्मी,कलाकार,संगीतकर्मी र साहित्यकर्मीहरुलाई राष्ट्रका गहना हुन् भनिन्छ तर वहाँहरु गहना नभैकन राष्ट्रका स्पन्दन हुन्”भन्दै सर्जकहरुको तारिफ गर्नुभयो ।