बर्तमान सरकारका कारण आम नागरिकले दुःख पाए : देउवा

0
753

कास्की ।नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बर्तमान सरकारका कारण आम नागरिकले दुःख  पाएको बताएका छन ।  नेपाली कांग्रेस सार्दीखोला इकाईद्धारा निर्मित बीपी स्मृति भवनको शुक्रवार उद्घाटन गर्दै सभापति देउवाले   ओली सरकार  बनेपछि  देशमा हत्य हिंसा र वलात्कारका घटना बढिरहेका छन्  , सरकार अपराधिलाई कारवाही गर्दैन नेता देउवाले भने ।  सरकार लाचार वनेको वताउँदै  देउवाले भने ,अव कांग्रेसले सरकारका गलत क्रियकलापको  खवरदारी गर्छ । पार्टी भित्रका मनमुटाव हटाउँदै पार्टीलाई संगठित पार्ने काममा पनि आफू लागि परेको उनले दावी गरे । केन्द्रीय सदस्य धनराज गुरुङले वालुवाटारको जग्गा समेत हडप्ने कम्युनिष्ट नेताहरु इतिहासमा कलंक सावित भएको टिप्पणी गरे । उनले  वर्तमान प्रधानमन्त्री ओलीको  मिठो वोली भित्र   भ्रष्ट चरित्र  भएको आरोप लगाए । करिब ९० लाखको लागतमा  सभाहल सहितको ४ कोठे  भवन निर्माण गरिएको  गाउँ इकाइका अध्यक्ष गुञ्जमान गुरुङले पोखरा पोष्टलाई  जानकारी दिए ।भवन निर्माणका लागि  पूर्व अध्यक्ष आशवहादुर गुरुङले ८ आना जग्गा दिएका थिए ।