संविधान र संघीयताको मर्म विपरित प्रधानमन्त्री ओलीले सबै अधिकार आफैँमा केन्द्रित गरे :देउवा

0
794

 

 

 

काठमाडौं  /  नेपाली कांग्रेसका सभापति एवम् संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संविधान र संघीयताको मर्म विपरित प्रधानमन्त्री ओलीले सबै अधिकार आफैँमा केन्द्रित गरेको को आरोप लगाएका छन्   ।

सोमबारबाट शुरू भएको संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन शुभकामना मन्तव्य दिँदै देउवाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले ठूला–ठूला नारा लगाएपनि विगत १४ महिनाको अवधिमा राज्य संचालनमा असफल भएको आरोप लगाए ।ओलीका कारण जनतामा ठूलो निराशा पैदा गरेको देउवाले बताए ।निर्मला पन्तको बलत्कारपछि हत्यामा संलग्न दोषीलाई अहिलेसम्म फेला नपारेको, शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको, महंगी नियन्त्रण गर्न नसकेको, बुढी गण्डकी जलविद्युत परियोजना विना टेण्डर चिनियाँ कम्पनीलाई दिएको भन्दै सभापति देउवाले वाइड बडी जहाज खरिद प्रकरणमा छानविन प्रक्रिया अघि बढाई दोषीमाथि कारबाही नगरेको बताए ।ओलीले बालुवाटारको जग्गा प्रकरणमा ढाकछोप गर्न लागिपरेको देउवाले आरोप लगाए ।प्रधानमन्त्री ओलीले सबै अधिकार संविधान र संघीयताको मर्म विपरित आफैँमा केन्द्रित गरेर लोकतान्त्रिक शासन व्यवस्थामा संसददेखि प्रदेश तहसम्मलाई अधिकार विहीन बनाएको देउवाले को लगाए तयारीका साथ आएका कांग्रेस सभापति देउवाले संसदमा लिखित मन्तव्य दिएका थिए । कांग्रेसको तयारीबाट कम्युनिस्ट सरकार र सत्तारुढ नेकपाका सांसदहरू समेत छक्क परेका थिए ।कांग्रेसका सभापति देउवाले कम्युनिस्ट सरकारमाथि कडा टिप्पणी गरेपछि सत्तारुढ नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलेबचाउ गरेका थिए । कांग्रेसको प्रहार र देउवाको आलोचनाले संसदभित्र कम्युनिस्ट सांसदहरू कानेखुसी गरेका थिए ।आउने वर्षमा सरकार यस्ता दुष्कर्ममा नलागोस्, जनअपेक्षा पुरा गर्न अग्रसर होस्, मेरो शुभकामना छ उनले भने  ।’