ने.बि संघ कास्कीले भोलिबाट कास्की जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने

0
1332

नेपाल विद्यार्थी संघ सधै विद्यार्थीको पक्षमा र विद्यार्थीको हक हितको लागि काम गर्ने जिम्मेवार संगठन हो। हरेक विद्यार्थी आन्दोलनमा आफ्नो पुर्ण सक्रियता र आफ्नो नेतृत्वमा विभिन्न विद्यार्थी आन्दोलन गर्दै आइरहेको नेपाल विद्यार्थी संघ पोखरा बिश्व बिधालयमा जारी आन्दोलनको समेत यतिखेर नेतृत्व गरिराखेको छ। शैक्षिक माफियाहरु र भ्रष्ट भि.सि. रजिष्टरद्वारा बिश्व बिद्यालयका विद्यार्थी माथी गरिएको निन्दनीय कार्य र भबिस्यका कर्णदार आजका विद्यार्थीहरुको भबिस्यमाथी खेलवाड हुने काम गरेको बिश्व बिधालय प्रशासनको बिरोध र उनीहरुको कार्य सच्चाउनका निम्ति दबाब दिन आन्दोलन गरिएको  विद्यार्थी नेताहरु जनाउंछन।

पोखरा बिश्व बिद्यालयमा जारी शान्तिपुर्ण आन्दोलनमा प्रशासनद्वारा विद्यार्थीमाथी गरिएको धर पकड निन्दनीय भएको र आन्दोलनका क्रममा विद्यार्थी नेता बिकास रानाभाट, फिरोज सुवेदी, प्रताप बानियाँ, शुष्मा गौतम, प्रबिन ओझा, रागब तिवारी, सरोज शाह, आशिष पौडेल, अशोक तिमिल्सिना लगायतका नेताहरूलाई प्रहरी प्रशासनद्वारा गिरफ्तार गरिएको कुरामा नेपाल विद्यार्थी संघ कास्की घोर भत्सर्ना गरेको कुरा ने.बि संघ कास्की सभापति बिकास थापा जनाउंछन।

उक्त गिरफ्तार विद्यार्थी नेताहरुको बिनासर्त छिटो भन्दा छिटो रिहाईको माग गर्दै भोली २०७६/०१/१७ गतेका दिनबाट कास्की जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणा बिज्ञप्ति मार्फत जिल्ला सभापति बिकास थापाले उल्लेख गरेका छन