नेबि संघ कास्कीले भोलिबाट कास्कीका सम्पुर्ण शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने

0
3727

नेबि संघ कास्कीले भोलिबाट कास्की जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने जनाएको छ । नेबिसंघ कास्कीका सभापति बिकास थापाले   गिरफ्तार विद्यार्थी नेताहरुको बिनासर्त छिटो भन्दा छिटो रिहाईको माग गर्दै भोली  कास्की जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणा बिज्ञप्ति मार्फत गरेका हुन ।  पोखरा बिश्व बिद्यालयमा जारी शान्तिपुर्ण आन्दोलनमा प्रशासनद्वारा विद्यार्थीमाथी गरिएको धर पकड निन्दनीय छ बिज्ञप्तिमा भनिएको छ । आन्दोलनका क्रममा विद्यार्थी नेता बिकास रानाभाट, फिरोज सुवेदी, प्रताप बानियाँ, शुष्मा गौतम, प्रबिन ओझा, रागब तिवारी, सरोज शाह, आशिष पौडेल, अशोक तिमिल्सिना लगायतका नेताहरूलाई प्रहरी प्रशासनद्वारा गिरफ्तार गरिएकोमा नेपाल विद्यार्थी संघ कास्की ले बिज्ञप्तिा मार्फत  घोर भत्सर्ना समेत  गरेको छ ।

नेपाल विद्यार्थी संघ सधै विद्यार्थीको पक्षमा र विद्यार्थीको हक हितको लागि काम गर्ने जिम्मेवार संगठन हो भन्दै बिज्ञप्तिमा भनिएको छ , हरेक विद्यार्थी आन्दोलनमा नेबिसंघको  पुर्ण सक्रियता र नेतृत्वदायी भुमिका छ । नेपाल विद्यार्थी संघले यतिबेला  पोखरा बिश्व बिधालयमा जारी आन्दोलनको समेत  नेतृत्व गरिराखेको छ।