पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक, चित्रबहादुरलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

0
739

 

टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ को मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चगण्डकीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी विभिन्न ८ विधा मध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो ।

त्यस्तै, मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्डबाट चित्रबहादुर गुरुङ (बक्सिङ) लाई प्रदान गर्ने भएको छ । स्याङ्जा मनकामनामा २०१८ सालमा जन्मिनु भएका गुरुङ हालवनविज्ञान अध्ययन संस्थानमा खेल शिक्षकको रुपमा कार्यरत हुुनुहुन्छ । उहाँले तेस्रो दक्षिण एशियाली खेलकुद कोलकत्ता–१९८७ रजत, चौथो दक्षिण एशियाली खेलकुद–१९८९ स्वर्ण र ११ औं एशियाली खेलकुद बेइजिङ–१९९० कास्यपदक जित्नु भएको थियो । यसअघि लाइफटाइम अचिभमेन्ट अवार्डबाट कृष्णथापा, खड्गबहादुर रानाभाट र प्राडावीरेन्द्रसिंह गुरुङ सम्मानित भैसक्नु भएको छ ।

वर्ष खेलाडी पुरुषतर्फ अमृत थापा (स्क्वास), युकेश गुरुङ (प्याराग्लाइडिङ) र रुपक नेपाली (फूलकन्ट्याक्ट कराँते) मनोनयनमा पर्नुभएको छ । वर्ष खेलाडी महिलातर्फ प्रीति बराल (सफ्ट टेनिस), श्रेया केसी (सुटिङ) र सुष्मी श्रेष्ठ (फूलकन्ट्याक्ट कराँते) छन् ।

वर्ष उदियमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट), अनुष्का शेरचन (आर्चरी) र सुस्मिता थापामगर (आईटीएफ तेक्वान्दो) तथा उत्कृष्ट प्रशिक्षकमा दीपकगोदार (फूलकन्याक्ट कराँते), भीमसेन शाक्य (ह्याण्डबल)र राजेन्द्र पाठक (हक्की) मनोनयनमा पर्नुभएको छ । यसपालि थप वर्ष चर्चित खेलाडी विधातर्फ एसएमएस आधारमा वर्ष खेलाडी पुरुष, महिला र उदियमान विधामा मनोनयन परेका ९ मध्ये एकलाई चर्चित घोषणा गरिनेछ ।

मञ्च संस्थापक अध्यक्ष एवं सल्लाहकार रामकृष्णज्ञवाली संयोजक रहेको खेलाडी छनोट समितिको सिफारिसलाई मञ्चको बैठकले अनुमोदन गरेको हो । वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्टपत्रकारिताअवार्ड विधामासमेत अवार्ड दिइनेछ ।सोको सार्वजनिक भैसकेको छैन ।

मूलकार्यक्रममा वर्ष खेलाडी पुरुषलाई टीभीएस अपाचे मोटरसाइकल, वर्ष महिलालाई वीगो स्कुटरसहितअवार्ड दिइनेछ । उदियमान खेलाडी, वर्ष प्रशिक्षक, चर्चित खेलाडीलाई जनही २५ हजार र उत्कृष्ट खेल संघलाई १५ हजार प्रदान गरिने मञ्च गण्डकी अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । पत्रकारिता अवार्ड विधामा २० हजार सहित अवार्ड रहेको छ ।

पत्रकार सम्मेलनमाछनोट समिति संयोजक रामकृष्णज्ञवालीले छनोट आधारबारे प्रष्ट पार्नुभएको थियो । मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रञ्जन अधिकारीले स्वागत र महासचिव विजय नेपालले कार्यक्रमसंचालन गर्नुभएको थियो । ‘समृद्धिकालागि खेलकुद’मूलमन्त्रका साथपोखरा सभागृहमा जेठ २४ मा हुने अवार्डमा सांस्कृतिककार्यक्रम, खेलाडी ¥याम्प, विभिन्न खेल कौशल प्रदर्शनसमेत हुनेछ ।

कार्यक्रमलाई बतास ब्रदर्श प्रालिले मुख्यप्रायोजन गरेको छ । हालसम्म सहयोगी संस्थाहरुमागण्डकीप्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), पोखरा महानगरपालिका, नेपाल पर्यटनबोर्ड, कास्कीकागाउँपालिका, वडा, हङकङ व्युटीइन्स्टिच्युट, सामसङ मोवाइलवल्र्ड वाइड कनेक्सन, क्षेत्रीय खेलकुदविकास समिति पोखरा, जिल्ला खेलकुदविकास समितिकास्कीलगायत रहेका छन् ।
मञ्च सल्लाहकार समेत रहेका पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेलले वर्ष उत्कृष्ट प्रशिक्षकको पुरस्कारवापत २५ हजार र हेल्थ अपडेट मासिक स्वास्थय पत्रिकाका प्रकाशक÷ सम्पादक अनिषा श्रेष्ठबाट उत्कृष्ट खेल संघलाई १५ हजार रुपैयाँ पुरस्कार प्रायोजन भएको छ ।

तस्वीर : सुदर्शन रञ्जित