सबैभन्दा महङ्गो तरकारी गोलभेडा

0
630

यतिबेला बजारमा  सबैभन्दा महङ्गो तरकारीको रुपमा गोलभेडा रहेको छ । काठमाण्डौको कालिमाटी तथा फलफूल बजारमा गोलभेडा प्रतिकेजी ९० रुपैयाँ (खुद्रा) बिक्री हुँदै आएको छ ।    महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । गतवर्ष गोलभेडाले बजार नपाएपछि  कृषकले राजमार्गमा  गोलभेडा फ्याँकेका थिए ।
गतवर्ष बिक्री नभएपछि किसानले गोलभेडा खेती घटाएको बताइएको छ । उत्पादन कम भएका कारण यस वर्ष मंहगीको सबैभन्दा प्रभाव गोलभेडामा परेको देखिन्छ ।