महिलाहरुलाई प्रोत्साहन गर्न वडा सधै तयार छ : पोखरा -२ का अध्यक्ष मल्ल

0
980

 

पोखरा । पोखरा महानगरपालिका – २ का अध्यक्ष रामेश्वर मल्लले महिलाहरुलाई प्रोत्साहान गर्न वडा सधै तयार रहेको बताएका छन । शनिबार अर्चलबोट आमा समुहले आयोजना गरेको आधारभुत कानुनी साक्षरता तालिमको समापन  गर्दे उनले महिलाहरुको क्षमता अभिबृद्धिका कार्यक्रमका लागि वडा सधै तयार रहेको  बताए ।  पछिल्लो समय किशोरीहरुका लागि आत्म सुरक्षा तालिम पनि उत्तिकै आबश्यक रहेकाले तालिमका शैलीम परिबर्तन गर्नु पर्ने उनको सुझाब थियो ।कानुन अन्याय बिरुद्ध न्याय प्राप्त गर्ने साधन भएकाले सबै नागरिकले कानुन जान्नै पर्ने उनको भनाई थिया । 

तालिम प्रशिक्षक संकल्प गण्डकी प्रदेशका उपाध्यक्ष सरिता तिम्सिना पगेनीले महिलाहरुले कानुन नबुझेका कारण हिंसामा परेको बताउदै कानुनी राज्य स्थापना गर्न महिलाको महत्वपुर्ण भुमिका हुने बताईन ।मुलुकमा यतिबेला नयाँ नयाँ ऐन कानुनहरु आएकोले सबैले कानुनको बिषयमा जानकारी राख्नु पर्नेमा उनले जोड दिईन । कानुनी अज्ञानता क्षम्य नहुने भन्दै उनले कानुन कार्यन्वयनमा नागरिकको महत्वपुर्ण भुमिका हुने बताइन् ।अर्चलबोट आमा समुहका अध्यक्ष कल्पना पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा प्रशिक्षक अधिबत्ता केशब प्रसाद पराजुली,समुहका सल्लाहाकार संयोजक लक्ष्मी शरण पराजुली, पराजुली ,समुहका सचिब शुषिला बराल रेग्मी लगायतले बोलेका थिए। दुइ दिन सम्म संचालन भएको तालिमलाई संकल्प गण्डकी प्रदेशका उपाध्यक्ष सरिता तिम्सिना पगेनी र अधिबक्ता केशब प्रसाद पराजुलीले सहजीकरण गरेको सचिब शुषीला बराल  रेग्मीले जानकारी दिइन् ।