आफ्नै १३ वर्षीया छोरी बलात्कार गर्ने वावुलाई १९ वर्ष जेल, ७५ हजार रुपैयाँ क्षतिपूर्ति

0
670

हेटौंडा । आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बावुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको छ । ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको बिहीबार बसेको इजलाशले हेटौंडा उपमहानगरपालिका १२ का ३७ वर्षीया  नाम परिवर्तित लाई नाबालिकालाई बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनातामा करणी गरेको १० वर्षसहित १९ वर्ष कैद गर्ने फैसला गरेको हो।

१३ वर्षीया बालिकालाई बावुले पटकरपटक बलात्कार गर्नुको साथै यौन दुर्व्यवहार गर्दै आएका थिए। पछिल्लो पटक बावुले २०७५ पुस २२ गते बलात्कार गरेका थिए। उक्त घटना बालिकाले छिमेकी महिलालाई भनेपछि उक्त अपराध सार्वजनिक भएको हो।प्रहरीले पुस २३ गते पक्राउ बावुलाई पक्राउ गरेको थियो।