घुस रकमसहित बाल मनोविज्ञ शान्ति अधिकारी पक्राउ

0
956

बुटवल। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  १० हजार घुस रकम सहित बालमनोविज्ञ शान्ति अधिकारीलाई पक्राउ गरेको छ ।

सेवाग्राहीसंग मुद्दा मिलाइदिने भन्दै दश हजार रुपैयाँ घुस लिदैं गरेको अवस्थामा भैरहवा स्थित नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रबाट अख्तियारले पक्राउ गरेको अख्तियारले जनाएको छ।अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सोमबार दिउँसो रुपन्देही जिल्ला अदालतमा कार्यरत बालमनोविज्ञ अधिकारीलाई  घुस रकमसहित  पक्राउ गरेको हो ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको बुटवलका अख्तियार प्रमुखले जानकारी दिए।