गुठी विधेयकको विरोध गर्दै पाटनमा राँके जुलुस

0
1307

काठमार्डौं । गुठी विधेयक खारेजीको माग गर्दै पाटन र मंगलबजार क्षेत्रमा  राँके जुलुस निकालिएको छ।

पछिल्लाे समय गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाब दिइरहेका छन् । विधेयकमा राखिएका प्रावधानले गुठीको अस्तित्व मास्ने भन्दै काठमाडौं उपत्यकाका गुठियार र संरक्षणकर्मी सरकारविरुद्ध आन्दोलनमा छन्। विधेयकमा यसले ऐनको रुप लिएपछि गुठी जग्गामा गुठियारको अधिकार समाप्त हुने उल्लेख छ।

नागरिक