बडादशैंका लागि नयाँ नोट सटही सुरु

0
1244

नेपालीहरुको महान पर्ब बिजया दशमी नजिकिदै गर्दा, नेपाल राष्ट्र बैंकले आइतबारदेखि विभिन्न दरका नयाँ नोट सटही गर्ने जनाएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थाले आइतबारदेखि नै नयाँ नोट वितरण सुरु गर्दैछन् ।२७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न सकिने बैकले जनाएको छ बडादशैंका लागि नयाँ नोट सटही सुरु भएको हो ।
नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
आफूलाई पायक पर्ने नजिकको बैंकबाट असोज २९ गतेसम्म नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।