नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपत्तिको समयमा सबै किसिमका आग्रह पूर्बाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
‘अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्’ मध्य तराईका बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि बिहीबार महोत्तरीको बर्दिबासमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै सभापति देउवाले भने ‘यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त भई सेवाभावले राहत, उद्धारका काममा लाग्नुहोस्।’ उनले अरु सबै राजनीतिक दल, सरकारी निकाय र दातृ संस्थाबाट पनि यस्तै सेवाको आफूले अपेक्षा राखेको उनको भनाई थियो।
पीडितको नाम संकलन गर्दा कतिपय ठाउँमा तलमाथि भएको गुनासो आफूसमक्ष आएको भन्दै सभापति देउवाले त्यस्ता गुनासा आउन नदिन सबैले उदार बन्नुपर्ने उल्लेख गरे।