प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक

0
1443
afn'jf6/df ;j{bnLo a}7s sf7df8f}F, # ebf} -/f;;_ M dªunaf/ afn'jf6/df a;]sf] ;j{bnLo a}7s . a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nLnofot k|d'v g]tfx?sf] ;xeflutf /x]sf] 5 . t:jL/ M gjLg kf}8]n

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसेको छ  । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको बैठकमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेताहरु, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवलगायतका नेता सहभागी छन्     ।

बैठकमा राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलका नेता सहभागी भएका छन् ।

संसद्मा विचाराधीन अवस्थामा रहेका विभिन्न विधेयक, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।