पत्रकार मेनुका ढुङ्गानालाई गाली बेइज्जती गर्ने धामीलाई कार्वाही गर्न प्रेस युनियनको माग

0
607

काठमाडौं । समाचारको विषयलाई लिएर पत्रकार मेनुका ढुङ्गानालाई गाली बेइज्जती गर्ने नेकपा कार्यकर्तालाई कार्वाही गर्न नेपाल प्रेस युनियनले माग गरेको छ ।

अछामस्थित कान्तिपुर दैनिककी समाचारदाता मेनुका ढुंगानालाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गाली बेइज्जती गरिएकोमा युनियनले ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्यमा सहभागी नेकपा कार्यकर्तालाई कार्वाही गर्न माग गरेको हो ।

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रा र वडा नम्बर ७ मार्कुका दुई वटा विद्यालयमा भवन निर्माणका लागि गाउँपालिकाले खोलेको टेण्डरका कागजात च्यातिएको बिषयमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारको बिषयलाई लिएर कागजात च्यात्ने मुख्य अभियुक्त सत्तारुढ नेकपाका कार्यकर्ता बम धामीले प्रेस युनियनकी महाधिवेशन प्रतिनिधि, नेपाल पत्रकार महासंघ अछाम शाखाकी सहसचिव तथा कान्तिपुर दैनिककी समाचारदाता ढुंगानालाई सामाजिक संजाल फेसबुकमार्फत अपशब्द प्रयोग गर्दै गाली बेइज्जती गरेका हुन् ।

घटनाको मुख्य अभियुक्तका रुपमा प्रहरी हिरासतमा रहेकै व्यक्तिबाट यसरी सामाजिक संजालमा गाली बेइज्जती हुनुले सुरक्षा निकायको तटस्थतामाथि प्रश्न उठाएको भन्दै युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै कार्वाहीको दायरामा ल्याउन माग गरेका छन् ।

यस्तो छ युनियनको विज्ञप्ति–

मितिः २०७६ कार्तिक २

प्रेस विज्ञप्ती

समाचारको विषयलाई लिएर अछामस्थित कान्तिपुर दैनिकका समाचारदाता मेनुका ढुंगानालाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गाली बेइज्जती गरिएकोमा नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ।

अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रा र वडा नम्बर ७ मार्कुका दुई वटा विद्यालयमा भवन निमार्णका लागि गाउँपालिकाले खोलेको टेण्डरका कागजात च्यातिएको बिषयमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारको बिषयलाई लिएर कागजात च्यात्ने मुख्य अभियुक्त सत्तारुढ नेकपाका कार्यकर्ता बम धामीले नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधी, नेपाल पत्रकार महासंघ अछाम शाखाका सहसचिब तथा कान्तिपुर दैनिककी समाचारदाता ढुंगानालाई सामाजिक संजाल फेसबुक मार्फत अपशब्द प्रयोग गर्दै गाली बेइज्जती गरेका छन्। घट्नाको मुख्य अभियुक्तका रुपमा प्रहरी हिरासतमा रहेकै व्यक्तिबाट यसरी सामाजिक संजालमा गाली बेइज्जती हुनुले सुरक्षा निकायको तटस्थतामाथि प्रश्न उठाएको छ।

दुर्गम पहाडी जिल्ला अछाममा निष्पक्ष तथा निडर भइ पत्रकारिता गर्दै आएकी ढुङगानालाई पटक पटक यस खालको व्यवहार हुनु दुर्भाग्य हो। राजनीतिक तथा अन्य शक्ति केन्द्रको आडमा कानुन हातमा लिने तत्वहरुबाट पटक पटक सञ्चारकर्मीहरु पिडित हुनुपर्ने श्रृङखलाको पछिल्लो उदाहरण हो अछाममा मेनुकालाई भएको अपमानको प्रकरण। यस किसिमको घटनाको युनियन विरोध गर्दछ । साथै प्रसासनिक निकाय तथा सम्वन्धित निकायहरुले यस्ता कार्यमा सम्वन्धितहरुलाई निरुत्साहित गर्दै गालीबेईजतीमा संलग्न व्यक्तीलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रशासन समक्ष युनियन माग गर्दछ ।

अजयबाबु शिवाकोटी
महासचिव
नेपाल प्रेस युनियन