डोटीमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना परि बाजुरा बारबिसकी ५१ बर्षिया नयाँ शेरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण वोहराले जनाकारी दिए । घटनास्थलबाट अस्पतला पु¥याय लगत्तै उनको मृत्यु भएको उनले बताए । उनका अनुसार घाईते ३३ जनाको परिचय खुलेको छ ।
घाईते हुनेमा महोत्तरीको वर्दिवासका २८ वर्षीय महेश कोईराला, दाङका ४५ वर्षीय राजकुमार केसी, डोटीको सलेनाका ३० वर्षीय रेश्मा लुहार, डोटी बोगटानका २८ वर्षीय दुर्गा्सिंह विडारी, जोरायलका २८ वर्षीय कृष्ण बोहोरा, डोटीको सलेनाका २७ वर्षीय रामबहादुर विक, सलेनाकै २२ वर्षीया कल्पना विक, बोगटानकी बाटु नेपाली, डोटीकै ३७ वर्षीया मैना तिरुवा, कैलालीको अत्तरियाका ३१ वर्षीय छत्र बोहोरा, सडकपुर बौनियाका २० वर्षीय सज्जन चौधरी, मसुरियाका २० वर्षीय टेकबहादुर विक, मसुरियाकै राजन बोहोरा, २३ वर्षीया पार्वती चौधरी घाईते भएका छन् ।
यस्तै अछामका ३६ वर्षीय भीम बुढा, अछामकै ३१ वर्षीय यज्ञ स्वार, आकाश कुँवर, २७ वर्षीया ईश्वरी सिंह, बाजुराकी ३३ वर्षीया गंगादेवी थापा, बाजुराकै २४ वर्षीया २४ वर्षीया धानादेवी विक, २६ वर्षीया कल्पना कुँवर, दार्चुलाका १९ वर्षीय सागर पार्की, २१ वर्षीय कृष्णबहादुर बम, प्रेमबहादुर कुँवर, कञ्चनपुरका २८ वर्षीय अलेक्स लिम्बु, बर्दियाका २३ वर्षीय उज्जवल देवकोटा, २३ वर्षीय दिलबहादुर सिंह, खोटाङका त्रिविक्रम भट्टराई पनि दुर्घटना परी घाईते भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा परी घाईते भएका २८ वर्षीय लाल टमटा, ३८ वर्षीय मदनबहादुर जेठारा, ५८ वर्षीय चित्रबहादुर न्यौपाने, सावित्री खड्का, २८ वर्षीय लालबहादुर साउँद घाईते भएका छन । घाईतेहरुको डोटीको सुजङ अस्पताल, शैलेश्वरी अस्पताल, जिल्ला अस्पताल र प्रहरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घाईते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले अन्यत्र रेफर गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट बाजुरा तर्फ जाँदै गरेको ना ७ ख ६१८१ नम्वरको बस आज विहान करिव ५ बजे शिखर नगरपलीका–१ गाडपानी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनापछि बस चालक लोकेन्द्र बडेलाक फरार रहेका छन् । बस सडकबाट ३० मिटर तल खसेको छ ।