विवेकशील नेपाली दलले कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। गण्डकी प्रदेशको पोखरामा विवेकशील नेपाली दलको कार्तिक १८ र १९ गते बसेको वैठकले कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पोखरा महानगरपालिका बैदाम घर भएकी शर्मा महिला र मानबअधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् ।
मनोसामाजिक परामर्शमा समेत उत्तिकै दख्खल शर्मा कानून, समाजशास्त्र, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा पोख्त छन्। जमुनाले एचआईभी पीडित, द्वन्द्व पीडित, मानसिक रुपमा समस्यामा परेका बाल(बालिका तथा महिलाहरुलाई विभिन्न माध्यमबाट सहजीकरण गर्दै आएकी छन् ।
विभिन्न संघ(संस्थाको नेतृत्वदायी भूमिका समेत निर्बाह गरेकी शर्मालाई विवेकशील नेपाली दलले चुनाव जित्ने संकल्प सहित उम्मेदवार बनाएको बताएको छ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.