पोखराको निर्बाचन अधिकृत कार्यलय नजिक शंकास्पद बस्तु विष्फोट

0
686

पोखरा । पोखरामा निर्वाचन कार्यालय नजिक शंकास्पद बस्तु बिष्फोट भएको छ । आज बिहान करिब १० :४० को समयमा शंकास्पद बस्तु विस्फोट भएको बैदाम प्रहरी इन्चार्ज डीएसपी कोमल शाहले जानकारी दिए । दलहरुले आज निर्वाचन आयोगमा उम्मेदबारी दर्ता गर्दैछन् । उम्मेदबारी दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बिस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ । पोखराको पर्यटन बसपार्कमा नजिक रहेको निर्वाचन कार्यलय छेउमा भएको बिस्फोटमा खासै क्षति नभएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । विस्फोट कसले र किन गरायो भन्ने बिषयमा थप अनुसन्धान भईरहेको छ ।