खेमराजलाई मतदाताले आर्शिबाद दिदै भने : धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू

0
874

कास्की । पोखरा–१७ मा घरदैलोका क्रममा मतदाताले उम्मेदवार खेमराज पौडेललाई टिका नै लगाइदिएर आशिर्वाद दिएका छन् । ‘यो चुनाव जसरी पनि जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू’, खमेराजलाई टिका लगाइदिएर एक वृद्धाले दिएको आशिर्वाद थियो यो । ‘तिमी इमान्दार छौं, कसैको चित्त दुखाएका छैनौ । अझै पनि इमान्दार बन्छौ भन्ने हाम्रो विश्वास छ’, सबैले ढाट्ने काम गरे तिमीले त्यस्तो नगर्नू सक्ने काममात्र गर्नु, झुट नबोल्नु’, अर्की एक वृद्धाको आशिर्वाद थियो, । ‘तिमीले संस्कृति विद्या पढेका छौ, तिमीलाई पाप गर्न पक्कै डर लाग्छ । त्यसैले तिमीप्रति भरोषा छ ।’ मतदाताको घरघरमा पुगेका उम्मेदवार खेमराजलाई यस्तै सहानुभूतिको ओइरो लागेको छ । उनले पढाएका कति चेलाहरू खुट्टा समात्न, समकक्षीहरू अंकमाल गर्न आइपुग्दा खेमराज निकै उत्साहित देखिन्छन् । नेकपाका नेता एवं पूर्वमन्त्री खगराज अधिकारी, नेता रामजी बराल जीवन पनि उम्मेदवार खेमराजका चेलाहरू हुन् ।