अति संवेदनशिल मतदान स्थलहरुको अनुगमन

0
825

शरद रेग्मी दाङ ।
मसिर १४ नजिकिँदै गर्दा जिल्ला सुरक्षा संयन्त्रले निर्वाचन हुने केन्द्रहरुको स्थलगत अनुगमन र अबलोकनलाई तिब्रता दिएको छ । बिशेष गरि पश्चिम दाङमा रहेका अति संवेदनशिल,संवेदनशिल र सामान्य केन्द्रहरुमा समेत उचित सुरक्षा ब्यबस्था मिलाउन स्थलगत अनुगमन जिल्ला सुरक्षा संयन्त्र पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको अगुवाइमा जिल्ला प्रहरी प्रमुख जनक भट्टराई ,नेपाली शेना र सशस्त्र प्रहरीका प्रमुख सहितको सयुक्त टोली बबई ,शान्ति नगर र दङ्गिशरणका झण्डै ३१ वटा मतदान केन्द्रीयहरुको स्थलगत अनुगमन गरेको हो । ” हामीले अति संवेदनशिल क्षेत्रहरुमा नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयुक्त टोली सहितको ब्यबस्थापन गरेका छौ । मतदान केन्द्र,मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको समेत सुरक्षा प्रबन्ध मिलाएर अगाडि बढेका छौ प्रमुख जिल्ला अधिकारी रिजालले भने” ।

मंसिर १४ अगाडि नै मतदान स्थलहरुमा सुरक्षाकर्मी र निर्वाचनको टिम पुगि सक्ने हुदा जिल्लामा विशेष सुरक्षा रणनिति समेत सुरु भैसकेको रिजालले जानकारी दिए । उनले निर्वाचनमा होमिएका दलहरुलाई निर्वाचन कार्यालय र सर्बपक्षिय बैठकमा प्रतिवद्धता जनाए अनुसार आचारसहिता अक्षरस पालना गर्न समेत अनुरोध गरे ।