सरकारलाई सही मार्गमा हिँडाउन काँग्रेसको जीत आबश्यक : केन्द्रीय सदस्य बलायर

0
773

डोटी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरले सरकारलाई सही मार्गमा हिँडाउन उपनिर्बाचन काँग्रेसले जित्न पर्ने बताएका छन् । संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई सच्याउँदै सरकारलाई सही मार्गमा हिँडाउन उपनिर्वाचनमा कांग्रेसको जीत आवश्यक भएको उनको भनाइ छ ।
बुधबार डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा उप निर्वाचनका लागि कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता पछिको सभालाई सम्बोधन गर्दै बलायरले संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरे। नेपालको सिमा मिचिदा समेत प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म आधिकारिक धारणा नराख्नु दुस्खद भएको बताए।
उनले सरकारका उपनिर्वाचनका लागि समाजको रुपान्तरणका लागि योगदान गरेका त्यागी नेता महादेव साउदलाई उम्मेदवारका रुपमा अघि सारेको बताउँदै बलायरले यस वडाको समृद्धि र विकासका लागि रुख चिह्नमा मतदान गर्न अनुरोध गरे।
नेपाली काङ्ग्रेस डोटीका जिल्ला सभापति प्रदीप देउवाले अहिले दुई तिहाई सरकारका गतिविधि देखेर जनता वाक्क भइसकेको बताए । सिहदरबारको अधिकार गाउँ पुर्याउन कांग्रेस उम्मेदवार जिताउनु अहिलेको आवश्यकता रहेको बताए ।
उम्मेदवार महादेव साउदले यो निर्वाचन सरकारलाई सही बाटोमा हिँडाउनका लागि भएको बताउँदै आदर्श गाउँपालिका वडा नम्बर २ को समग्र विकासका लागि आफू अहोरात्र लाग्ने प्रतिबद्धता व्यक्त गरे।