सरकारकाले गरेका गलत गतिबिधिका बिरुद्ध यसपटक जनताले काँग्रेसलाई रोज्दैछन् :पौडेल

0
853

कास्की । नेपाली काँग्रेसका उम्मेदबार खेमराज पौडेलले यही मंसिर १४ गते हुने कास्की -२ को उपनिर्बाचनमा सरकारकाले गरेका गलत गतिबिधिका बिरुद्ध यसपटक जनताले काँग्रेसलाई रोज्ने बताएका छन् । नेपाली काँग्रेस पोखरा- ३३ ले भरतपोखरीमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दे पौडेलले भने, अहिलेको प्रतिस्पर्धा जनता र सरकार बीचको प्रतिस्पर्धा हो । सरकारकाले गरेका गलत गतिबिधिका बिरुद्ध यसपटक जनताले काँग्रेसलाई रोज्दैछन् । नेकपाको सरकारका पालामा इतिहासकै बढी भ्रष्टाचार मौलाएको छ भन्दै पौडेलले मुलुकमा सुशासन कायम गर्नको लागि कम्युनिष्ट समर्थकहरुले पनि यस पटक रुख चिन्हमा मतदान गर्ने दाबी गरे । जनताको मनमा सरकारलाई गलत बाटोमा जान दिनु हुदैँन भन्ने सोच बिकास भएको छ, पौडेलले भने सरकारलाई सच्याउनको लागि पनि कास्की- २ का जनताले काँग्रेसलाई मतदान गरेर सरकारलाई सहि बाटोमा हिडाउनका लागि मद्यत गर्नेछन । मंसिर १४ गते हुने कास्की -२ को उपनिर्बाचनका लागि नेपाली काँग्रेसले कास्कीका निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदबार बनाएको छ ।