विद्या भट्टराईले गरिन शान्ति उदय माबिबाट मतदान

0
631

कास्की ।कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्यकी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उमेद्वार विद्या भट्टराईले मतदान गरेकी छन्। नेकपा उम्मेदवार विद्या भट्टराईले पोखरा -३३ भरतपोखरी स्थित शान्ति उदय माविबाट बिहान ९ : ४५ बजे मतदान गरेकी हुन् । काँग्रेस उम्मेदवार खेमराज पौडेल कास्कीकै भएपनि उनी क्षेत्र नम्बर ३ का स्थायी बासिन्दा हुन् । उृनले आफुलाई मतदान गर्न भने पाएनन्।
कास्की -२ बाट उम्मेदवार बनेपनि अधिकांश उम्मेदबारले आफैलाई मतदान गर्न भने पाएका छैनन् । साझा पार्टीकी रजनी केसीले विहान सवा सात बजे पोखरा- ४ गैरापाटनमा रहेको नविन मावि मतदान केन्द्र पुगेर मतदान गरेकी हुन्।
राप्रपाका रोमबहादुर भण्डारीले पोखरा १५ बाट मतदान गर्नेछन् । यस्तै, नेकपा मालेका टेकनाथ भण्डारी पनि २१ बाट मतदान गर्ने छन् । राप्रपा संयुक्तकी गंगा मल्ल पोखरा ७ कि मतदाता हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएका सुनिलबहादुर कोइराला र रनबहादुर दमैले पनि आफुलाई मतदान गर्न पाउने छन् । कोइरालाले पोखरा ४ र दमैले पोखरा १७ बाट मतदान गर्ने छन् । ५ राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार बाहेक अरुले आफुलाई मत दिन नपाउने भएका हुन् ।उनीहरु निर्वाचन क्षेत्र भन्दा बाहिरका स्थायी बासिन्दा भएकाले मत दिन पाएनन् ।
काँग्रेस बीपीका चन्द्रबहादुर रानाभाट क्षेत्र नम्बर १, देशभक्त समाजका विरबहादुर विक कास्की र समाजवादी पार्टीका धर्मराज गुरुङ कास्की ३ का स्थायी बासिन्दा हुन् । उनीहररुले आफैलाई मतदान गर्न भने नपाउने भएका छन् । कास्की क्षेत्र नं २ मा शनिबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको हो । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।
तस्वीर : राधिका कंडेल