१३औं साग: सार्वाधिक गोलकर्ताको रेकड राख्दै फुटबलकी स्टार ‘साम्बा’ नेपाल फाईनलमा

0
981

पोखरा। नेपाली फुटबलकी स्टार स्ट्राईकर सावित्रा भण्डारी ‘साम्बा’को ह्यट्रिकले मालदिव्सलाई ३-०ले हराउँदै नेपालले फाईनलको यात्रा तय गरेको छ। नेपालले फाईनलमा भारतको सामना गर्ने छ।

१३औं सागमा नेपाली टोली महिला फुटबलको फाईनलमा प्रवेश गरेको छ। पहिलो हाफमा २ गोल गरेकी साम्बाले दोस्रो हाफको थप समयमा १ गोल गरेकी थिईन्। उनी नेपाली फुटनलकी सार्वाधिक गोल कर्ता पनि बनेकी छिन्।

उनले खेलको १८औं, २२औं र ९०औं मिनेटमा गोल गरेकी थिईन। मालदिव्श बिरुद्ध हावी देखिएको नेपाली टोलीले यसअघि नेपालले श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो।

साम्बाले नेपालका लागि ३८ गोल गरेकी छिन भने यसअघिको कीर्तिमान अनु लामाको नाममा रहेको थियो। उनले ३५ गोल गरेकी थिईन्।