लायन्सले बाँडे बिपन्न बिद्यार्थीहरुका लागि न्यानो कपडा

0
867

कास्की ।लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी र लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटीले कास्कीको माछापुच्छ«े गाउँपालिका स्थित जनकल्याण आधारभुत बिद्यालयमा पुगेर बिद्यार्थीहरुका लागि न्यानो कपडा बितरण गरेको छ । क्लबले आर्थिकरुपमा बिपन्न बिद्यार्थीहरुका लागि उनीको टोपी,गलबन्दी,ट्रयाकसुट लगायतका कपडा बितरण गरेको हो । कार्यक्रममा बोल्दै जी.एल.टी डिष्ट्रिक कोर्अडीनेटर लायन किशोर बरालले बिद्यालयमा जहाँ आबश्यकता त्यहाँ लायन भन्ने सिद्यान्तका आधारमा जाडोका समयमा बिद्यार्थीहरुका लागि न्यानो कपडा बितरण गरिएको बताउनु भयो ।हामी बिद्यालय आउदा अधिकाँश बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री,बिद्यालय पोशाकको अभाब देखेका थियौं बरालले भन्नु भयो गत बर्ष स्टेशनरी र ब्याग बितरण गरेका थियौं यस बर्ष न्यानो कपडा बितरण गर्याे ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अनन्त प्रसाद अधिकारीले लायन्स क्लबले बिद्यार्थीहरुका लागि गरेको सहयोगको प्रशंसा गर्दे बिद्यार्थीहरुका लागि दिवा खाजाको समस्या रहेको बताउनु भयो । लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीका लायन बर्ष २०१९। २० का अध्यक्ष लायन नारायण प्रसाद देबकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लष्टर चिफ लायन चुडामणी बराल,जि. आइ.टी . कोर्अडीनेटर तथा कार्यक्रम संयोजक प्रमोद पौडेल,जोन चियर पर्सन सीता बराल,कार्यक्रम संयोजक हिरा पोख्रेल लगायतले बोल्नु भएको थियो । कक्षा ४ का छात्र अनुष अधिकारीले न्यानो कपडा पाउँदा खुषी लागेको बताउनु भयो । कार्यक्रममा बिद्यालयका ३० जना बिपन्न बर्गका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीका अध्यक्ष भवानी अधिकारी बरालले पोखरा पोष्टलाई जानकारी दिनुभयो ।