कागेश्वरी नगरपालिकामा भएका अनियमितताको वडाअध्यक्षहरुले गरे बिरोध

0
1221

नेपाली कांग्रेस नगर संघर्ष समितिको आह्वानमा कागेश्वरी नगरपालिकामा भएका अनियमितता, चरम बेथिती र नगर प्रमुखको मनोमानी र स्वेच्छाचारीता लगायतको बिरोधमा ूतेस्रो चरणको बिरोध कार्यक्रमू अन्तर्गत नेपाली कांग्रेसबाट निर्बाचित वडा अध्यक्षहरुले बिरोध गरेका छन् । वडाअध्यक्षहरु सुदर्शन धिमाल, भाईकाजी अधिकारीर जीवन थापा र तथा वडा सदस्यहरु सहदेव कार्की, शर्मिला थापा कार्की र लक्ष्मण पुरी, बिना थापा, आत्माराम बस्नेत लगायतले हातमा कालो पट्टि बाधेर नागरिकलाई सेवा प्रबाह गरेका छन् । नेपाली कांग्रेसबाट निर्बाचित जनप्रतिनिधीहरुद्वारा नगर प्रमुख सम्मिलित औपचारिक कार्यक्रमहरु समेत बहिस्कार गरेका छन् । हिजो लैगिक हिसा सम्बन्धी कार्यक्रमहरु कांग्रेसबाट निर्बाचित जनप्रतिनिधीहरुले बहिस्कार गरेका हुन । संघर्श समितीले यहि मङ्सिर २८ गते शनिबार, बिहान ७स्३० बजे नगरपालिका भित्रका पेशाकर्मी, बुद्धिजीवी तथा नागरिक अगुवाहरुसङ कांग्रेसले अगादी सारेका माग र नगरपालिकाको हालको अबस्थाबारे अन्तरकृया गर्ने, पुस ३ र ४ गते नगरपालिका घेराउ कार्यक्रम रहेको समेत संघर्श समितिका सम्योजक शंकर थापाले पोखरा पोष्टलाई जानकरी दिनु भएको छ ।