माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

0
946

पोखरा । गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
माघी पर्वको अवसरमा सरकारले बिदाको घोषणा गरेको हो । सरकारले अघिल्लो वर्ष पनि यो प्रदेशमा माघे संक्रान्तिको बिदा दिएको थियो ।
किराँतहरुले यसलाई नयाँ वर्षको रुपमा मनाउँछन् भने थारु र मगर समुदायले माघी पर्वको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै आएका छन् ।