प्रामर्श बचत तथा ऋण सहकारीको अध्यक्षमा तोयराज गिरी

0
1230

सरिता तिम्सिना पगेनी
पोखरा ।
पोखरा – ९ महेन्द्रपुलमा रहेको प्रामर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ साधारण सभा तथा दोस्रो अधिवेशनले तोयराज गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा सुरेशराज पाण्डे ,सचिवमा रहमोहन सुवेदी ,कोषाध्यक्षमा नविन ढकाल क्षेत्री चयन भएका छन्। त्यसैगरी लेखा समिति संयोजकमा प्रकाश आचार्य चयन भए । सदस्यहरुमा रजनी, श्रेष्ठ स्नेहा गुरुङ
,कुमारी राइभाट र प्रेम बहादुर बिश्वकर्मा रहेका छन् । कार्यक्रमको उद्घाटन गर्दे रिलायन्स फाइनान्स लिमिटेडका व्यबस्थापक प्रकाश पौडेलले राज्यको अर्थतन्त्रमा सहकारीले महत्वपुर्ण योगदान दिएको बताए । । कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष प्रमोद कुमार लामिछानेले प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन संस्थाका कोषाध्यक्ष राजेन्द्र न्यौपानेले प्रस्तुत गरेका थिए ।लेखा समितिको प्रतिवेदन लेखा संयोजक प्रकाश आचार्यले प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष प्रमोद कुमार लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाका लेखापाल जोशीला तिम्सिनाले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन संस्थाका व्यबस्थापक अर्जुन कुमार लामिछानेले गरेका थिए ।