कोदोका यस्ता छन फाइदा

0
1110

कोदो नेपालको विभिन्न बालीको तुलनामा हेर्ने हो भने उत्पादनको वा क्षेत्रफलको हिसाबले धान, मकै, गहुँ पछिको चौथो अन्नबालीको रूपमा उत्पादन हुँदै आएको छ। पौष्टिकता र पोषणको दृष्टिकोणले यो अन्न बाली अरु भन्दा धेरै राम्रो बाली हो। यसमा क्याल्सियम धान भन्दा ३५ गुणा बढी र मकै भन्दा ९ गुणा बढी पाइन्छ। क्याल्सियमले बालबालिकाको वृद्धि देखि दाँत तथा हड्डीलाई मजबुत गराउदछ। त्यसैगरी आइरन धान भन्दा अढाई गुणा बढी गहुँ भन्दा डेढ गुणा बढी र मकै भन्दा नौ गुणा बढी पाइन्छ। यो बालबालिकाको वृद्धि देखि रगतमा हुने कमिको रोगले छुन पाँउदैन, बिशेश गरि गर्भवती महिलाहरूको लागि अति नै आबस्यक छ। होमोग्लोविनको मात्रा कम छ भने आइरन चक्की खान पाइरहनु भएको छैन भने विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ।
कोदो स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक हुन्छ। प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नोसियम, फस्फोरस, म्यागजिन, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका थुप्रै पोषक तत्व हुन्छन। केहि ब्यक्ति ग्लुटेन प्रति संबेदनसिल हुन्छन यस्ता ब्यक्तिका लागि कोदो राम्रो बिकल्प हो। कोदो खानाले धेरै समयसम्म भोक लाग्दैन जसले गर्दा तौल नियन्त्रणमा समेत सहयोग गर्छ। मुटु रोगका लागि पनि कोदो निकै उपयोगी हुन्छ यसले कोलस्टोरको स्तर घटाउदछ।यसलाइ रोटी, ढिंडो खोले वा अन्य परिकार बनाएर नास्ता, खाना, खाजा जसरी मन लाग्छ त्यही रुपमा खान सकिन्छ। भनिन्छ दैनिक रुपमा कोदो खानाले ब्लड प्रेसर हाइ हुदैन र सुगर लाग्दैन ।