महिला,बालबालिका तथा जेष्ठ नागरिकका सवाललाई संचार माध्यममा स्थान देउ :मन्त्री पुन

0
828

सरिता तिम्सिना पगेनी
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला,बालबालिका,जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिका सवाललाई संचार माध्यममा प्राथमिकताका साथ स्थान दिन आग्रह गर्नु भएको छ । सोमबार सञ्चारिका समुह गण्डकीले पोखरामा आयोजना गरेको महिला ,बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी वस्तुगत रिपोटिङ्ग तालिमको उद्घाटन गर्दे उहाँले भन्नु भयो , ” धेरै जसो संचारमाध्यमले महिला,बालबालिका,जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्ति बिरुद्धका घटना तथा समाचारहरुलाई प्राथमिकता दिएको पाइदैन।  समाचारहरुमा पनि लैङ्गिक संरचनाहरुले प्रशस्त प्रभाव पारेको उहाँको  भनाई थियो ।” जनप्रतिनिधि महिलाले गरेका राम्रा कामहरुलाई पनि संचारमाध्यमले स्थान दिन नसकेको भन्दै मन्त्री पुनले, समान मर्यादा र जिम्मेवारीमा रहेका  महिला र पुरुषहरुलाई समाचारमा प्रस्तुत गर्दा समेत बिभेद गर्ने प्रबृत्ति नहटेको बताउनु भयो ।लैङ्गिक समतामुलक समाज निर्माणका लागि संचार माध्यमले महत्वपुर्ण भुमिका खेल्न सक्ने उहाँको भनाई थियो । संचारिका समुह गण्डकीका अध्यक्ष स्मिता अधिकारीको अध्यक्षतामा  भएको कार्यक्रममा  संचारिका समुहका पुर्व अध्यक्ष निर्मला शर्मा,नेपाल पत्रकार महासंघका केन्द्रीय  सदस्य  रामकृण्ण ज्ञवाली,कास्कीका  अध्यक्ष दिपेन्द्र श्रेष्ठ,गैसस महासंघ गण्डकीका अध्यक्ष विना सिलुवाल,क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनीले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । दुइ दिन सम्म चल्ने तालिममा गण्डकी प्रदेशका बिभिन्न जिल्लाका पत्रकार महिलाहरुको सहभागीता रहेको संचारिका समुह गण्डकीका महासचिब कविता श्रोष्ठले पोखरा पोष्टलाई जानकारी दिनुभयो ।