नगर कार्यपालिका र प्रहरीको संयुक्त टोलीले कन्चनपुरमा छाउ गोठ भत्काए

0
673

दीपेन्द्र बस्नेत पुनर्वास ।
महिनावारी भएका बेला महिलाहरुलाई अलग्गै राख्न बनाइएका कन्चनपुरको पुनर्वास ९ मा ३० वटा टहरा छाउ गोठ नगर कार्यपालिका र प्रहरीको संयुक्त टोलीले आइतबार भत्काएको छ ।
सुदुर पश्चिममा रहेको सामाजिक परम्परा अनुसार महिनावारी भएको समयमा महिलाहरुलाई ५ देखि ७ दिन सम्म घर देखि अलि पर छुट्टै टहरो बनाएर राख्ने चलनलाई छाउ गोठ भन्ने गरिन्छ ।  पानीको धारा ,पूजाकोठा , मन्दिर लगायतका स्थानहरुमा छुन नहुने भन्दै अलग्गै राख्ने चलन अनुसार पुनर्वास- ९ स्थित बिचफाटामा अलग्गै बनाइएका छाउ गोठ भत्काईएका हुन् ।
आईतबार पुनर्वास नगरपालिकाकी उपमेयर शारदा बिष्ट , वडा अध्यक्ष नारायण प्रसाद जैशी , कार्यपालिका सदस्यहरु , प्रहरी स्थानिय पत्रकारहरु सम्मिलित टोलीले महिनावारी भएका महिलाहरुलाई बस्न बनाईएका टहरा अर्थात छाउ गोठ भत्काइएको हो।