सरिता तिम्सिना पगेनी
पोखरा ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अख्तिायार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा भ्रष्टाचार भएको भन्न नमिल्ने बताउनु भएको छ ।आईतवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको सार्वजनिक वित्त व्यबस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारले उजुरीको आधारमा नभै कुन योजनामा कस्तो उजुरी पर्याे त भन्ने विषयमा गहन रिपोर्टिङ्ग गर्नु पर्नेमा जोड दिनुभयो ।
उजुरी फस्र्याेट भयो वा भएन भन्ने आधारमा मात्रै भ्रष्टाचार भन्न मिल्छ भन्दै मन्त्री गुरुङले उजुरीकै आधारमा भ्रष्टाचारको लेवल लागाउन नमिल्ने जिकिर गर्नु भयो ।” कतिपय स्थानिय तहमा राम्रा काम भएका छन् ,मन्त्री गुरुङले थप्नु भयो ,काम गर्नलाई भ्रष्टाचारमा उजुरी दिने पो हुने कि भन्ने त्रासले काम गर्न निरुत्साहित गरेको छ ।” काम गर्दा भ्रष्टाचार हुने ,नगर्दा काम गरेजस्तो नहुने , कि काम नगरी बस्नु पर्याे ,काम गर्याे कि लौ भ्रष्टाचार नै भयो होला भन्ने मानसिकत छ ,यस्तो परिवेशमा कसरी काम गर्न उत्साह हुन्छ ।”
सार्वजनिक खरिद ऐन समयानुकुल नभएको भन्दै उहाँले टेन्डर प्रकृया पनि व्यवाहारिक नभएको उल्लेख गर्नु भयो ।प्रदेशसरकारले आर्थिक कार्यबिधि ऐनलाई संसोधन गरेर वित्तिय उत्तरदायित्व ऐन ल्याउने तयारी गरेको पनि मन्त्री गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा महालेखा नियन्त्रक कार्यलयका गोपीनाथ मैनाली पुर्व सहसचिव वावुराम श्रेष्ठ, कोष तथा लेखा नियन्त्रक कार्यलय कास्कीका प्रमुख कोष नियन्त्रक राम्जी प्रसाद शर्मा, पत्रकार उद्धव थापा लगायतले सहजिकरण गर्नुभएको नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष भीम गौतमले जानकारी दिनुभयो । संबिधानमा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन वमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने व्यबस्था रहेको छ ।