सुनको भाउ बढ्ने क्रम जारी

0
664

नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी छ ।

बिहीबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन तोलामा ७४ हजार ९०० मा कारोबार भएको छ ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीवार प्रतितोला ८ सय ८५ रहेको चाँदी आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।