साहित्यिक चौतारी नेपालको छैटौं वार्षिकोत्सव

0
1104
प्रकाश सुवेदी

नेपाली भाषा तथा साहित्यको विकास, विस्तार एवं सामाजिक सेवामा क्रियाशील संस्था साहित्यिक चौतारी नेपालको छैटौं वार्षिकोत्सव, कृति लोकार्पण, प्रतिनिधि सृजना वाचन तथा सम्मान कार्यक्रम राजधानीको शर्वनाम थिएटरमा सम्पन्न भयो। परराष्ट्र मन्त्री तथा साहित्यिक व्यक्तित्व प्रदीप ज्ञवालीको प्रमुख अातिथ्यता र डा. देवी नेपाल, डा. घनश्याम परिश्रमी, डा. भागवत अाचार्य, कलानीधि दाहाल, प्रभा अाचार्य लगाएतका विशिष्ट व्यक्तिहरुको अातिथ्यतामा  सम्पन्न सो कार्यक्रमको सभापतित्व सन्दीप संग्रौला,  सञ्चालन गीता भण्डारी र स्वागत मन्तव्य नवीन अनुपमले गर्नुभएको थियो।

सो अवसरमा शारीरिक रुपमा दुर्वल र मानसिक रुपमा सबल कवि अरुणा श्रेष्ठ `अनु´ को मुक्तक संग्रह `निष्कर्ष´ र साहित्यिक चौतारी इज्रायल शाखाको `मुक्तार्पण´ को लोकार्पण, पुरस्कार वितरण, सम्मान, प्रदेशबाट अाएका र सहभागी मध्येका प्रतिनीधि, कविहरुद्वारा कविता वाचन जस्ता थुप्रै कार्यक्रम गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि माननीय परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शारीरिक दुर्वलता  भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार अति सकरात्मक हुनुपर्छ र
कसौंडीको भात पाक्यो कि पाकेन भनेर थाहा पाउन एउटै सिता छाम्दा काफी हुन्छ भन्दै  लोकार्पित कृति निष्कर्षको खुलेर प्रसंशा गर्नुभयो। वहाँले  सृजनाले समाज परिवर्तन गर्न सक्नुपर्छ भन्ने भाव झल्काउँदै  “हिजोका दिनमा हामीले इतिहासलाई भ्रत्सना मात्र  गर्यौं, इतिहासका सकरात्मक पाटोलाई केलाउने चेष्टा गरेनौ, ईतिहास थियो र अाज हामी यहाँ छौं भन्ने कुरा नै विर्षियौं, उभिएको धर्ति र टेकेको लठ्ठी विर्षियौं। श्रष्टा केवल श्रष्टा मात्र नभएर समाजका द्रष्टा पनि भएको हुँदा हामीले सपना देख्न छोड्नुहुन्न र हामीलाई अात्महत्या गर्न उक्साउने अर्को Gloomy Sunday हैन कि अात्महत्या गर्ने सोंच बनाएकालाई बाँच्न प्रेरित गर्ने सकरात्मक उर्जै उर्जाले भरिएको कृति चाहिएको छ”  भन्नुभयो।