प्रजातान्त्रिक आन्दोलनका योद्धा कांग्रेस नेता भागवत ज्ञवालीको निधन

0
591

काठमाडौं । विश्वेश्वर प्रसाद कोइरालासंग संगसंगै काम गरेका प्रजातान्त्रिक आन्दोलनका योद्धा भागवत ज्ञवालीको निधन भएको छ । निष्ठावान चरित्रका कांग्रेस नेता ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।

उनी नेपाली कांग्रेसका पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति समेत थिए ।

२००१ सालमा गुल्मीमा जन्मिएका ज्ञवाली २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए। ।

उनका श्रीमती दुई छोरा र तीन छोरी छन् ।