सरकार–सीके रावत सम्झौताको साझा व्याख्या आवश्यक : काङ्ग्रेस
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच हालै भएको ११ बुँदे सहमतिको तत्काल दुवै पक्षबाट साझा व्याख्या गर्न माग गरेको छ । काङ्ग्रेसले आज पत्रकार सम्मेलन गरी सहमतिको पहिलो बुँदाले पृथकतावादी बाटोमा हिँडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्वीकारेर मूलधारमा आउन सहमत गराएको सन्देश दिएको भन्दै स्वागतयोग्य भनेको […]
प्रतिस्पर्धा गर्नसक्ने शिक्षा आवश्यक ः पूर्वराष्ट्रपति
पूर्वराष्ट्रपति डा रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । डिल्लीबजार कन्याबहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह’मा उहाँले युग अनुसारको शिक्षाको विकासको लागि राजनीतिक नेतृत्वले विद्धानसँग छलफल गरेर सुधारका कार्य अघि बढाउन सुझाव दिनुभयो । “विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि प्रतिस्पर्धी बनाउनु आवश्यक […]
बाजुरामा भारी हिमपात फोटो फिचर
पोरखे काँधमा हिउँको दृश्य सोमबार रातिदेखि लगातार रुपमा परेको हिमपातका कारण बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा देखिएको हिउको दृश्य । तस्वीर ः रासस
मजा लिन पहिले मलाई बुझ्नुपर्छ (भिडियोसहित)
नेपालको सांगीतिक क्षेत्रमा सरस्वती लामा स्थापित नाम भइसकेको छ । सरस्वतीको दावीमा उनी पर्फरमर हुन् । तर उनलाई कतिपयले छाडा प्रस्तुती दिने गायिका पनि भनेका छन् । यद्यपि उनको प्रस्तुतीमा रमाउनेहरु धेरै छन् । अन्तर्वार्ताहरुमै आफ्नो क्लिभेज ओपन गरेर कुराकानी गर्न नहिच्कीचाउने सरस्वतीको मत छ– सके मेरो जस्तो प्रस्तुती अरुले पनि गरे हुन्छ नी । […]
लेखनाथ पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार अधिकारीलाई
लेखनाथ, लेखनाथ पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको लेखनाथ पत्रकारिता पुरस्कार यस बर्ष कान्तिपुर टेलिभिजनका पत्रकार बसन्तराज अधिकारीलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिको विहिवार बसेको बैठकले कान्तिपुर टेलिभिजनका गण्डकी प्रदेश ब्युरो प्रमुख अधिकारीलाई दिने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनबाट पत्रकारीता सुरु गरेका अधिकारी विगत १२ वर्ष देखि निरन्तर रुपमा पत्रकारीता […]
- 1
- 2