लेखनाथ पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार अधिकारीलाई

१३ पुष २०७५, शुक्रबार

लेखनाथ, लेखनाथ पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको लेखनाथ पत्रकारिता पुरस्कार यस बर्ष कान्तिपुर टेलिभिजनका पत्रकार बसन्तराज अधिकारीलाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनोट समितिको विहिवार बसेको बैठकले कान्तिपुर टेलिभिजनका गण्डकी प्रदेश ब्युरो प्रमुख अधिकारीलाई दिने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनबाट पत्रकारीता सुरु गरेका अधिकारी विगत १२ वर्ष देखि निरन्तर रुपमा पत्रकारीता क्षेत्रमा क्रियासिल हुदै आएका छन् ।
मञ्चका सल्लाहकार भरत प्रसाद तिवारीको संयोजकत्वमा गठित पुरस्कार छनोटमा मञ्चका अध्यक्ष भिमपाणी बराल, पोखरा महानगरपालिका प्रतिनिधि राममणि अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र मञ्चका कोषाध्यक्ष सन्दीप पौडेल रहेका थिए ।
उक्त पुरस्कार कविशिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीको मुल समारोह पुस १५ गते प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ११ हजार एक सय ११  दोसल्ला र सम्मान पत्र रहने छ ।

Leave a Reply