पोखराका वीरेन गुरूङले आफ्नै श्रीमती माथि गरे एसिड प्रहार

१९ पुष २०७५, बिहीबार

    भतरपुर, एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा […]

झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ

१९ पुष २०७५, बिहीबार

    इनरुवा, झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन् । विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि सुनसरी पठाएको सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले बुधबार जानकारी दिनुभयो । दाहालले २०४४ साल चैत्र १५ मा […]

१२ वर्षमा आमा

१८ पुष २०७५, बुधबार

हेटौँडा/१२ वर्षीया गंगामाया चेपाङ आमा बनेकी छिन् ।  काठमाडौं थापाथलीस्थित प्रसुति गृहमा गंगामायाले बुधबार दिउँसो छोरी जन्माउनु भएको हो । कम उमेर भएकाले शारीरिक अंग विकास नहुँदै गर्भवती बनेपछि गंगामायाको शल्यक्रिया गरिएको थियो । गंगामायाका आमा राममायाले शल्यक्रिया गरेर नातिनीलाई जन्म दिएको जानकारी दिनुभयो । १२ वर्षमै गर्भवती भएको समाचारपछि प्रधानमन्त्री कार्यालयले नै जिल्ला प्रशासन कार्यालय […]

बिपीको मेलमिलाप सबैका लागि आदर्श

१८ पुष २०७५, बुधबार

    विराटनगर, बिपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप देशका सबै शक्तिलाई एकीकृत गर्ने उद्देश्य रहेकामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिपी विचार राष्ट्रिय समाजद्वारा ४३औँ राष्ट्रिय एकता मेलमिलाप दिवसका अवसरमा आयोजित अर्थ–राजनीति र राष्ट्रियताका चुनौती सन्दर्भमा आयोजित कार्यक्रममा वक्ताले तत्कालीन अवस्थामा प्रवासमा रहेका बिपीले नेपालमा भूगोल र राजनीतिक खतरा देखिने […]

काठमाडौबाट पोखरा जादै गरेको बस त्रिशुलीमा खस्दा पाँच जनाको मृत्यु , २३ जना घाइते

१८ पुष २०७५, बुधबार

चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदिमा खसेको हो । मृत्यु हुनेमा ३ जना पुरुष र २ जना महिला रहेका छन् । घाइतेको उपचारका लागि भरतपुर ल्याइएको चितवनका प्रहरी […]

जेसिआइ पोखरा र जेसिआइ पोखरा लेडिको संयुक्त पदस्थापन

१८ पुष २०७५, बुधबार

पोखरा, १८ पुस । जेसिआइ पोखरा र जेसिआइ पोखरा लेडिको संयुक्त पदस्थापन गरिएको छ । पोखरामा भएको संयुक्त पदस्थापन कार्यक्रममा पोखरा जेसिज २०१८ शिव सुवेदीले २०१९ का अध्यक्ष सन्तोष शाहीलाई र पोखरा लेडि २०१८ का अध्यक्ष सन्तु पौडेलले २०१९ का अध्यक्ष सपना गिरीलाई पिन चेन हस्तान्तरण तथा शपथ ग्रहण गराएका हुन् । सोही क्रममा २०१९ […]

नीतिगत कारणले निजी आवास निर्माणमा ढिलाईः अध्यक्ष मल्ल

१८ पुष २०७५, बुधबार

हेटौँडा, पुस १८ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले नीतिगत समस्याका कारण भुकम्पपछिको निजी आवास निर्माणमा ढिलाई भएको बताउनु भएको छ । ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालको आयोजनामा बुधबार राक्सिराङ गाउँपालिकाको चैनपुरमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उहाँले भुकम्पपछिको निजी आवास निर्माणमा स्थानीय तहलाई अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले भुकम्पपछिको निजी आवास निर्माण कार्यलाई छिटो […]

गण्डकी प्रदेशमा लगानी गर्न हङकङबासीलाई मुख्यमन्त्रीको आह्वान

१८ पुष २०७५, बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हङकङबासीलाई गण्डकी प्रदेशमा लगानी गर्न आह्वान गरेका छन् । नेपाली महावाणिज्य दुतावास हङकङले आयोजना गरेको नेपालको लगानी तथा व्यापार प्रवद्र्धनमा समकालिन निति तर्जुमा विषयक छलफलमा मुख्यमन्त्री गुरुङले उक्त आह्वान गरेका हुन् । “नेपालमा एउटा सरकारको सट्टा अर्को सरकार आएको होइन, मुख्यमन्त्री गुरुङले भने, गण्डकी प्रदेशमा लगानीको वातावरण बन्दै गएको छ, पर्यटन, […]

बेरोजगारको तथ्यांक संकलन सुरु

१८ पुष २०७५, बुधबार

दीपेन्द्र बस्नेत पुनर्वास,कञ्चनपुरका दक्षिणी क्षेत्रका चार स्थानीय निकायमा आयमुलक र उत्पादन वृद्धि गर्न बेरोजगारहरुको एकिन तथ्यांक लिने काम सुरु गरिएको छ । स्वरोजगार मुलक नीति तथा कार्यक्रमका लागि लक्षित समुदायको पहिचान गर्न तथ्यांक संकलनको काम गरिएको जिल्लाका दक्षिणी भेगका स्थानीय निकायहरुले जनाएका छन् । बेरोजगार ,शिक्षा ,स्वास्थ्य र कृषि लगायतका क्षेत्रको वास्तविक तथ्यांकका लागि नगरपालिका […]

विकास निर्माणले तीव्रता पाउँछ : प्रम ओली

१८ पुष २०७५, बुधबार

  काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँगको भेटमा उहाँले कतिपय विकास निर्माणका योजना सङ्घ वा प्रदेश कसले सञ्चालन गर्ने भन्ने द्विविधाका कारण कामले गति लिन नसके पनि अब त्यसलाई समाधान […]