नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने

९ मंसिर २०७५, आईतवार

    – भीष्मराज ओझा काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ । सोहीअनुसार पार्टीको […]

मुक्तिनाथबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु

९ मंसिर २०७५, आईतवार

सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशले हिमालपारिको जिल्ला मुस्ताङस्थित पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु गरेको छ । समाजमा लैङ्गिक विभेदकै कारण महिलाप्रति शारीरिक, मानसिक एवं यौनजन्य हिंसात्मक व्यवहार भइरहेको वास्तविकतालाई दृष्टिगत गर्दै महिला तथा बालबालिकामाथिका सबै किसिमका हिंसा, दुव्र्यवहार र शोषणको अन्त्यका लागि सामाजिक जागरण ल्याउन अभियान शुरु गरिएको हो । […]

चौधरी ग्रुपले काजकस्तानबाट वाइवाइ चाउचाउ उत्पादन गर्ने

९ मंसिर २०७५, आईतवार

काठमाडौं । चौधरी ग्रुपले काजाकस्तानको चाउचाउ उत्पादन केन्द्र खरिद गरेको  छ । मध्य एसियामा आफ्नो व्यापार विस्तारको लागि चौधरी ग्रुपले १ करोड ५० लाख डलरबराबरको रकममा सो केन्द्र खरिद गरेको हो । काजाकस्तानमा नयाँ उत्पादन खरिद गरेसँगै चौधरी ग्रुपको समग्र चाउचाउ उत्पादन केन्द्र १८ पुगेको छ । जसमध्ये ९ वटा भारतमा रहेको छ । सीजी फुड्सका […]

‘लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’

९ मंसिर २०७५, आईतवार

चाँदनी आचार्य कैलाली,  ‘लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ अन्तराष्ट्रिय महिला हिंसा बिरुद्धको १६ दिवसीय अभियान दिवसको अवसरमा आज घोडाघोडि नगरपालिकाले प्रभातफेरि कार्यक्रम गरेको छ । महिला हिंसा विरुद्दको अभियान सफल पारौ,लैङ्गिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार  लगायतका नारा लेखिएका  ब्यानर सहित आमासमुह, महिलासञ्जाल, नगर बालसंजाल, नगर युवा संन्जाल, शिक्षक,विद्यार्थी […]

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

९ मंसिर २०७५, आईतवार

नारायणपुर, : दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो । दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ । जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए […]

निजामती कर्मचारी र स्थानीय निकायका कर्मचारीबीचको विभेद हटाउन माग

९ मंसिर २०७५, आईतवार

दाङ, दाङको घोराही उपमहानगरपालिकामा कार्यरत स्थानीय निकायअन्तर्गतका कर्मचारीले निजामती कर्मचारी र स्थानीय निकायका कर्मचारीबीचको विभेद हटाउन माग गरेका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन घोराही उपमहानगरपालिका इकाई समितिको आयोजनामा शनिबार घोराहीमा आयोजना गरेको बृहत् भेलामा बोल्ने वक्ताले स्थानीय निकायका कर्मचारीलाई सरकारले सौतेनी व्यवहार गर्ने गरी निजामती कर्मचारी समायोजन विधेयक ल्याउन लागेको भन्दै कडा रूपमा विरोध […]

सुरक्षाकर्मी सहित निर्मलाका बुवालाई निजी गाडीमा काठमाडौं पठाइयो

९ मंसिर २०७५, आईतवार

  दीपेन्द्र बस्नेत धनगढी ,छोरीका हत्यारालाई कारवाहीको माग राख्दै धर्ना बस्दै आएका कञ्चनपुरका यज्ञराज पन्तको मानसिक सन्तुलन बिग्रेपछि उपचारका लागि  जिल्ला प्रशासन कार्यालय कैलालीको पहलमा शनीवार राती नीजी गाडीमा सुरक्षाकर्मी सहित काठमाडौं पठाइएको छ. साउन १० गते बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मलाका आफन्त र परिवार जिल्ला प्रशासन अगाडी धर्नामा बस्दै आएको […]

अष्ट्रेलियामा कलाकार क्षेत्रलाल कायस्थको चित्रकला प्रदर्शनी सम्पन्न

९ मंसिर २०७५, आईतवार

  कलाको कुनै सिमाना हुदैन न कलाकारको उमेर सिर्जनामा बाधक हुन्छ । कलाप्रतिको निरन्तर लगावनै कलाकारको सम्पत्ति हो। उमेरले ७३ टेकेपनि पनि कलाप्रतिको चासो, लगाव र जोशमा बैंस भेटिन्छ । सेतो कपाल र सेतै दाह्री, आँखामा पावरवाला चस्मा बुढ्यौलीले छोए पनि उनको कलाको सिर्जना अझै थाकेको छैन । उनै कलाका धनी क्षेत्रलाल कायस्थको एकल कला […]

महिला हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउन आवश्यक छ– राष्ट्रपति भण्डारी

९ मंसिर २०७५, आईतवार

  काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले बोक्सीको आरोप, छाउपडी, दाइँजो जस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिले पनि […]

नगरपालिकाको नीति तथा कार्यक्रम कागजमै सीमित भएको गुनासो

९ मंसिर २०७५, आईतवार

  बैतडी,  हरेक तीन÷तीन महीनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि बैतडीको पाटन नगरपालिकाले जनप्रतिनिधि आएपछि पहिलो सार्वजनिक सुनुवाइ शनिबार गरेको छ । गत आर्थिक वर्षमा ५३१ वटा योजना बजेट विनियोजन गरेर सम्पन्न गरेको जनाइएको छ । ५१ नगरस्तरीय, ३३१ वडास्तरीय र १०३ वटा सशर्ततर्फका योजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । गत आवमा नगरपालिकाले रु […]