सन्दीप दिल्लीमै रहने
‘सी’ डिभिजन लिग फुटबल फागुन दोस्रो सातादेखि
शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले प्रतियोगिताको मिति तय गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । लिग निर्देशक सञ्जिव मिश्रले भन्नुभयो, “एन्फा र क्लब प्रतिनिधिबीच प्रतियोगिता फागुन दोस्रो सातादेखि गर्ने सहमति भएको छ, प्रतियोगिता शुरु हुने मिति केही समयमा तय गर्छौं ।” सहमतिअनुसार लिगको तयारीका लागि एन्फाले प्रत्येक सी डिभिजन क्लबलाई रु चार÷चार लाख आर्थिक सहयोग समेत उपलब्ध गराउनेछ । ‘सी’ डिभिजन लिगमा ११ सी डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड, खलिबारी, मनहरा, स्वयम्भू, समाज कल्याण खेलकूद केन्द्र, कुमारी, सानो गौचरण, ओसिस, सानेपा, सामाजिक र वीरगञ्ज युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । सहभागी क्लबलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । शीर्ष चार टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो ।
तीन महिनामा कर्णालीका ४० महिला बलात्कृत
कात्तिक १८ गते तिला गाउँपालिका जुम्लाका दुई महिला घाँस काट्न गएको समयमा बलात्कृत भए। बलात्कारको आरोप लागेका चार जना अझसम्म फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको जानकारी दिएको छ।
सोही दिन जुम्लाकै पातारासीकी २२ वर्षीया अर्की एक महिला पनि बलात्कृत भइन्। बलात्कृत महिलाको उजुरीका आधारमा प्रहरीले भैरे सार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
जुम्लामा एकै दिन तीन महिला बलात्कृत भएको घटना त एक दृष्टान्त मात्रै हो। कर्णालीका विभिन्न जिल्लामा श्रृंखलाबद्ध रुपमा महिलाहरू बलात्कृत भइरहेका छन्।
प्रहरीमा परेका उजुरीको तथ्यांक मात्रै हेर्ने हो भने पनि कर्णालीमा बलात्कारका घटना हुने हुने क्रम बढ्दो छ। पछिल्लो तीन महिनामा भएका घटनाको विवरणले बलात्कारका घटना तीव्र वृद्धि भएको देखाउँछ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशभित्रका विभिन्न जिल्लामा पछिल्लो तीन महिनामा मात्र ४० जना महिला बलात्कृत भएका छन्। विगतको तुलनामा कर्णालीमा पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएको देखाएको छ। गत आर्थिक वर्ष २०७४/०७५ मा कर्णालीका १० जिल्लामा ६१ वटा जना महिला बलात्कृत भएको तथ्यांक प्रहरीसँग छ। तर चालू आर्थिक वर्ष वर्षको पहिलो तीन महिनामा नै ४० वटा बलात्कारका उजुरी प्रहरीमा दर्ता भइसकेका छन्।
प्रहरीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा धेरै सुर्खेतमा बलात्कारका घटना दर्ता भएका छन्। सुर्खेतमा २४ महिला बलात्कृत भएका छन्। त्यसैगरी जुम्लामा पाँच, पश्चिम रुकुम र कालिकोटमा चार-चार वटा जबरजस्ती करणीका घटना प्रहरीमा दर्ता भएका छन्।
यस्तै जाजरकोटमा तीन सल्यान र दैलेखमा दुई-दुई वटा घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीमा दर्ता भएका घटनालाई मात्र आधार मान्ने हो भने कर्णालीमा प्रत्येक महिनामा सरदर १३ जना महिला तथा किशोरी बलात्कृत हुने गरेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षदेखि हालसम्मको पछिल्लो १५ महिनामा कर्णालीमा एक सय एक वटा बलात्कारका घटना दर्ता भएका छन्।
कानुनको दायरामा पीडक
गत आर्थिक वर्षमा कर्णालीमा ६१ वटा बलात्कारका घटना भएका थिए। जसमा संलग्न सबै अभियुक्तलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। चालू आर्थिक वर्षका घटनामा पनि ८० प्रतिशत अभियुक्तहरु प्रहरीले पक्राउ गरिसकेको प्रहरीको दाबी छ।
पछिल्लो समय बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेको छ। सँगसँगै बलात्कारमा संलग्नहरू कारबाहीको दायरामा आउने क्रम पनि बढेको प्रहरीको भनाइ छ। ‘विगतमा पीडितले घटना लुकाउने गरेकाले पनि अपराधीहरू उम्किन्थे’ प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्यले भने, ‘अहिले पीडितले प्रहरीमा उजुरी दिन थालेका छन्। अपराधिहरु उम्किन पाउँदैनन्।’
पछिल्लो समय बलात्कारविरुद्धको आन्दोलनका प्रभावले पनि घटना सार्वजनिक हुन थालेको उनको भनाइ छ। अहिले पीडितहरु सिधै प्रहरीसमक्ष आउने गरेको उनको भनाइ छ।
विगतमा बलात्कारका घटना भएमा पनि गाउँघरमै मिलाउने र प्रहरीसमक्ष पुग्न नदिने कर्णालीका दुर्गम क्षेत्रमा समेत पीडितहरु न्यायायलयसम्म पुग्न थालेको एसएसपी आचार्यले बताए। तैपनि बलात्कारका घटनामा वृद्धि हुनु दुखद् भएको उनको भनाइ छ। प्रहरीमा दर्ता भएका घटनामध्ये अधिकांशमा प्रहरीले अभियुक्तलाई अदालतसमक्ष पुर्याइसकेको उनले बताए।
जीप दुर्घटनामा एकको मृत्यु
जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउँदको घटनास्थलमै मृत्यु भएको र मृतक चालकका २२ वर्षीय छोरा नवराज साउँद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा घाइते भएका छन् । घाइतेहरुको अहिले अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको र मृतक धनबहादुरको लास परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ । जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीप सडकभन्दा एक सय मिटर तल खसेको थियो।