अवैध औषधि पसल छ्यापछ्याप्ती
भक्तपुर, भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ ।
समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक, लान्चाफल्चा (भत्केको पाटी) र च्याम्हासिंहमा रहेको औषधि पसल अनुगमन गर्दा कुनै पनि पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो । अनुगमनको क्रममा अनमोल फर्मेसी औषधि बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि टि–फोर ८५० एमजि र ५०० एमजिको भेटिएको, सिसि क्यामेराको अनुमतिपत्र नभएको, स्वकृति बिना क्लिनिक सञ्चालन गरेको पाइएको छ ।
अनुगमनको क्रममा पार्वती फर्मेसीमा औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि भि–मेट ८५० एमजि र ५०० एमजिको र एमलोड एक पाकेट, माइलोड दुई पाकेट भेटिएको छ । अनुगमनमा सुवेदी फर्मेसी औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि बट्टाहरु म्याद भएको औषधि राखी बिक्री गरेको पाइएको छ ।
अनुगमनको क्रममा विश्वास फर्मेसी एण्ड क्लिनिकमा औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधिहरु कोल्डीन–२ वटा, ओजुस–२ वटा, विदेक्स ६ वटा, प्रिभिडिन ९ वटा भेटिएको छ । च्याम्हासिंह मेडिकल हल पसल नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि न्यूरोन ५ ट्यावलेट, फल्यूइम १५० को ४ ट्याबलेट भेटिएको छ । सबै पसललाई तीन दिनभित्र दर्ता गर्न, स्वकृति लिएर मात्र क्लिनिक पसल सञ्चालन गर्न, अनुमतिपत्र भएको व्यक्तिले मात्र पसल सञ्चालन गर्न निर्देशन दिएको छ भने म्याद नाघेको औषधि र म्याद नाघेको सामान जफत गरेको छ ।
दुर्घटनाका घाइतेहरूलाई गाउमै चिकित्सकको टोली बोलाएर उपचार गराउदैं , काँग्रेस नेता डा खड्का
नेपाली कांग्रेसका नेता तथा सांसद डा नारायण खड्काले केही दिन अघि उदयपुरको बेलका नगरपालिका ८ रंगमहलमा ट्याक्टर दुर्घटनामा परी घाइते भएका हरूलाई गाउमै चिकित्सकको टोली बोलाएर उपचार गराइरहेका छन । ट्याक्टर दुर्घटना पछि घाइते भएका हरूलाई उपचारको लागी बि।पि। कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठिान धरानमा उपचार लगिएको थियो । केही दिनको उपचार पछि डिस्चार्ज भएर आएका धेरै घाइतेहरुको चोटमा पुनः संक्रमण देखिए पछि डा। खड्काले आफ्नै पहलमा थप उपचारका लागि बि।पि। कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानबाट बिज्ञ चिकित्सक टोली झिकाई घाइते बिरामीहरुको गाउँमै उपचार गराएका हुन । डा।खड्काको अनुरोधमा चिकित्सक टोलिले पुरन्दह स्वास्थ्य चौकीमा थप सेवा दिएका छन् । गत आइतबार वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको भने ३५ भन्दा बढी घाइते भएका थिए । २० बर्षिय इन्द्र चौधरी, २० बर्षिय दीपिका चौधरी र १९ बर्षिय बिनिता चौधरीको दुर्घटनामा परी मृत्यु भएको थियो ।
आमा काममा गएको मौका छोपेर पाल्पामा ७ बर्षकी बालिका बलात्कृत, आरोपित युबक पक्राउ
पाल्पा, पाल्पाको रामपुर नगरपालिका ४ मा ७ बर्षे बालिका बलात्कृत भएकी छ्न । आमा काममा गएको मौका छोपेर उनकै घरमा बालिकालाई बलात्कार गरेको आरोपमा भारत बेतियारका २२ बर्षका कौशर मियालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साझ ५ बजेतिर बालिकालाई बलात्कार गरि भाग्दै गरेको अबस्थामा मियालाई प्रहरीले पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताउनुभयो । मिया कोठा भाडामा बसेर ज्याला मजदुरी काम गर्दै आएको प्रहरीले जनाएको छ । बालिकाको आमा घर आएको सुइको पाएलगतै भागेका मियालाई स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मियालाई बिहिबार नै जिल्ला लगेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ
उत्पादन बिनाको समृद्धि कुरामा मात्र सिमित : सहमहामन्त्री डा महत
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले उत्पादन बिनाको समृद्धि कुरामा मात्र सिमित हुने बताउनु भएको छ। नेपाल उद्योग बाणिज्य महासंघ नेपाली कांग्रेस केन्द्रिय समितिद्वारा गठित समग्र आर्थिक नीति मस्यौदा समिति र नेपाल उद्योग बाणिज्य महासंघका बिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहान्त्री महतले बिपि ले लिएको आर्थिक समृद्धि उत्पादन बढेमा मात्र पुर्ण हुने बताउनू भयो ।निजि क्षेत्रले आफूसंग भएको पुजि लगानी गरेर नागरिकको जिवनयापनमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान गर्नुपर्ने र जनताको आधारभुत आवस्यकता पुर्ण गर्न सरकारको सहयात्री हुनुपर्ने उहाँको भनाइ छ।।सरकार स्थिर हुदा पनि किन र के कारणले नेपालमा वैदेशिक लगानी भित्रिन सकेन भन्दै सहमहामन्त्री महतले स्वदेशी लगानिको प्रत्याभूत हुन नसक्नू , पुर्वाधार बिकासको कार्यक्रममा जनताको सहभागीता हुन नसक्नू को कारण खोजिनू पर्नेमा जोड दिनू भयो । कृषिको क्षेत्रमा आम्दानी भन्दा लगानी बढी भएकोले कृषिमा मानिसहरुको सङ्लग्नता हुन नसकेको उहाँको भनाई थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । छलफलबाट नेपाली कांग्रेसको आर्थिक नीति निर्माणमा ठोस योगदान पुग्ने बिश्वास लिईएको जनाइएको छ ।