रारामा पूर्वाधार अभाव

स्वस्थ र फिट रहन दैनिक दुई घण्टा उभिऔँ

  एक नयाँ अध्यय्नले दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने बताएको छ । कुनैपनि कार्यक्षेत्रमा दैनिक दुई घण्टा उभिनाले मधुमेह, मोटोपना, मानसिक रोग, तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा फिट रहने अध्ययनले देखाएको छ । कार्यालयसमा लामो समयसम्म लगातार कुर्चीमा बसेर काम गर्नेहरुमा स्वास्थ्य समस्या आउने बताइएको छ । अध्ययनले कम्तीमा पनि दुई घण्टा र यो समय विस्तारै बढाएर ३ देखी ४ घण्टासम्म पुरयाउनुपर्ने सुझाव दिएको छ । उभिने कार्यलाई सघाउने गरी कार्यलयको बनावट मिलाउनुपर्ने अध्ययनले सुझाव दिएको छ । अध्ययन अनुसार कार्यालयको कुल समयभर करीब ७० देखी ८० प्रतिशत मानिसहरु बसी बसी काम गर्ने वा बसेर वित्ने देखिएको छ । यसले गर्दा कर्मचारीहरु छिटै शारीरिक तथा मानसिक रोगी हुने गरेको पाइएको छ । अध्ययनले बसेर काम गर्नेलाई ३० ४० मिनेटको अन्तरमा शरीर तत्काउने गर्नु भन्दै सुझाव दिएको छ । कर्मचारीलाई बसेर उभिएर काम गर्ने बाताबरण बनाउन सके त्यसले उत्पादकत्वमा निकै बृद्धि हुने सुझाव दिएको छ । एजेन्सी

फ्रान्समा अस्वभाविक हिम बर्षा, ठाउँठाउँमा विद्युत आपूर्ति र सडक यातायात अवरूद्ध

0
  पेरिस,  रासस÷सिन्ह्वा०  फ्रान्सको उत्तरपूर्वी तथा मध्य दक्षिणी क्षेत्रमा मङ्गलबार रातभर व्यापक हिमबर्षा भएको छ । हिमबर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ । सडकमा एक्कासी परेको हिउँका कारण हजारौँ गाडीहरू बाटामै अलपत्र परेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन् । मङ्गलबार जमिनको सतहमा करिब ४० सेन्टिमिटरसम्म हिउँ जमेको प्रभावित क्षेत्रमा करिब दुई लाख घरहरुमा विद्युत आपूर्ति अवरूद्ध भएको हाउटलोयरका मौसम मामिला हेर्ने निकायले जनाएका छन् । जमेको हिउँका कारण ठाउँठाउँमा रेल सेवा पनि अवरूद्ध भएको छ । फ्रान्सको राज्य सञ्चालित रेल सेवा कम्पनीले बाटोमा फसेका रेललाई हिउँ हटाएर बुधबार अपरान्ह्सम्म सञ्चालनमा ल्याउने पहल थालेको जनाएको छ । फ्रान्सको मौसम विज्ञान विभाग, मेटेओ फ्रान्सले उत्तरी तथा पूर्वी क्षेत्रमा रहेका मुलुकका पाँच क्षेत्रलाई हिमबर्षाका कारण सामान्य खतराको सूचीमा राखी सर्वसाधारणलाई सचेत हुन अनुरोध गरेका छन् । फ्रान्समा बुधबार विहानसम्म निकै चिसो रहने अनुमान गरिएको छ । –––

गैँडा संरक्षण गर्न फुटबल प्रतियोगिता

 एकसिङ्गे गैँडा संरक्षण गर्नुपर्ने सन्देश प्रभाव गर्न पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । सो प्रतियोगिता बिहीबारदेखि अगामी कात्तिक २९ गतेसम्म मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा हुनेछ । प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुर तथा विभागीयसहित १२ टिमको सहभागिता रहने आयोजक भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो । वर्षेनी एकसिङ्गे गैँडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिले प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताको विजेताले रु चार लाख ९९ हजार ५५५ पुरस्कार तथा आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि रु ५१ हजार तथा उपविजेताले रु दुई लाख ५० हजार ५५५ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु १० हजार र सर्वाधिक गोलकर्तालाई रु १० हजार प्रदान गरिनेछ । गँैडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउन, खेलकूद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक संस्थाले जनाएको छ ।