प्रदेश नं १ योजना आयोगमा प्याकुरेल

  विराटनगर,  प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगका उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल तथा सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ । बैठकपछि सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश नं १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने निर्णय गरेको बताउनुुभयो । बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुम र फिदिम दुई शहरलाई नयाँ शहरका रुपमा विकास गर्न स्वीकृति प्रदान गरेको छ । त्यसका लागि सङ्घीय सरकारबाट रु १७ करोड विनियोजन भइसकेको छ । बैठकले प्रदेश सरकारको मातहतमा रहेका भौतिक सम्पत्ति प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ । साथै कोशी प्रतिष्ठान विधेयक मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले प्रदेश विकास स्वयंसेवक परिचालन कार्यक्रम –२०७५ स्वीकृत गर्दै झापा दमकको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको छ ।

भूकम्पपीडितले तेस्रो किस्ता पाएनन्

  – समुन्द्रा घिमिरे लमजुङ,  सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई÷तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् । पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका लाभग्राहीले डिपिसी तह पूरा गरेपछि दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार पाउने प्रावधान छ । त्यसका लागि लाभग्राहीले वडा कार्यालयमा निवेदन दिन्छन् अनि गाउँ, नगर वा वडामा खटिएका प्राविधिकले जाँच र सिफारिश गरेपछि सम्बन्धित गाउँ तथा नगरपालिकाले शहरी विकास मन्त्रालयको जिल्ला आयोजना कार्यान्वयन एकाइमा पठाउँछन् तर भौगोलिक कठिनाइ, अपर्याप्त प्राविधिकका कारण सिफारिश गर्न नै कम्तीमा एक महीनासम्मको समय लाग्ने गरेको पाइएको छ । भदौ दोस्रो साता तेस्रो किस्ताका लागि आफ्नो घरको जाँच गरी सिफारिश गर्नुभएका राइनास नगरपालिका–२ का श्रीकृष्ण घिमिरेले हालसम्म तेस्रो किस्ताको रकम प्राप्त गर्न नसकेको दुखेसो व्यक्त गर्नुभयो । “ऋण गरी घर त बनाइयो ।” उहाँले भन्नुभयो, “तेस्रो किस्ताको रकम तीन महीनासम्म पनि पाइन । साहुलाई तिर्नुपर्ने ब्याजमात्र थपियो ।” “भौगोलिक विकटता र अपर्याप्त इञ्जिीनयरका कारण निवेदनउपर कारवाही ९निरीक्षण० गर्न नै समय लाग्छ”, दूधपोखरी गाउँपालिका–३ का वडाध्यक्ष तिलक गुरुङले भन्नुभयो “इञ्जिनीयरले प्रमाणित गरेपछि सिफारिश पत्रसहित पठाउँदा कम्तीमा एक साता लाग्छ ।” भौगोलिक कठिनाइ र प्राविधिकको सङ्ख्या न्यून भएकाले निश्चित समयावधिमा मात्र प्राविधिक बस्तीबस्तीमा पुग्ने गरेका छन् । गाउँपालिका तथा नगरपालिकामार्फत शहरी विकास तथा भवन डिभिजन कार्यालयको आयोजना एकाइमा आएपछि पनि धेरै समयसम्म फाइल बस्ने गरेको छ । गाउँपालिका तथा नगरपालिकाबाट एकैसाथ धेरै मात्रामा फाइल आउने गरेकाले जाँच गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० मा सिफारिश पठाउन ढिला हुने गरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्राविधिक दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो । “स्थानीय तहमा खटिएका इञ्जिनीयरले सिफारिश गरेपछि हामीले प्राप्त फाइलको जाँच तथा मापदण्ड हेरेपछि ठीक छ भने फाइल पठाइहाल्छौ । नभए सम्बन्धित स्थानीय तहमा नै फिर्ता पठाउँछौँ, उहाँले भन्नुभयो ।” शहरी विकासबाट अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार हेर्ने जिल्ला आयोजना कार्यान्वयन एकाइमा आएपछि लाभग्राहीको विवरण राख्ने काम हुन्छ । जिल्ला आयोजना कार्यान्वयन एकाइमा शहरी विकासबाट आएको फाइलअनुसार भुक्तानी आदेश बनाएर सिधै कोलेनिकामा पठाउने गरिएको अनुदान व्यवस्थापन कार्यालयका फोकल पर्सन शिव रेग्मीले बताउनुभयो । शहरी विकासबाटै फाइल आउन समय लाग्छ । उहाँले भन्नुभयो, “हाम्रोमा आउनासाथ भुक्तानी आदेश बनाएर कोलेनिकामा पठाउँछौँ ।” जिल्लाका १३ हजार ९५९ पहिचान भएका लाभग्राहीमध्ये १३ हजार ३१७ घरपरिवारले पहिलो किस्ताको रकम प्राप्त गरिसकेका छन् । पहिलो किस्ताको तुलनामा दोस्रो र अन्तिम किस्ता रकम निकासा हुनेको सङ्ख्या न्यून रहेको पाइएको छ । जिल्लामा हालसम्म चार हजार ९८९ घरपरिवारले दोस्रो किस्ता र ६८२ घरपरिवारले तेस्रो किस्ताको रकम प्राप्त गरेका छन् । २०० घर परिवारलाई गैरसरकारी संस्थामार्फत पहिलो र दोस्रो किस्ता प्रदान गरिएकोे थियो । आवास प्रवलीकरण सूचीमा परेका ५३९ लाभग्राही मध्येमा हालसम्म ३०५ घरपरिवारले मात्र पहिलो किस्ता बराबर रु ५० हजार भुक्तानी गरिएको रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै जिल्लामा गुनासो दर्ता गर्नेको सङ्ख्या छ हजार ८५५ रहेको छ । –––

विष्फोटक पदार्थ पटाका बरामद

, लहान, १४ कात्तिक ९रासस० ः प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका, फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स, रविन्स बुलेटलगायतका विष्फोटक पदार्थ बरामद गरेको हो । बरामद गरिएका पटाका आज नष्ट पारिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । दीपावली तथा छठपर्व नजिकिँदै जाँदा भारतीय बजारबाट पटाकालगायतका विष्फोटक पदार्थ चोरी तस्करीको क्रम शुरु भएको छ । यस्तै प्रहरीले सिरहा नगरपालिकास्थित माडरबाट करीब रु डेढ लाख मूल्य बराबरको बिजुलीका सामान बरामद गरेको छ । –––

प्रधानमन्त्री ओलीलाई आरामका लागि मात्र अस्पतालमा बस्न सल्लाह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरामका लागि मात्र  अस्पतालमा बस्न सल्लाह दिइएको छ । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले भन्नु भयो, प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौँ प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गरेका छन् । उनले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको बताइएको छ । अस्पतालका निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको छ, एन्टिवायोटिकको कोर्ष एक(दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको जानकारी दिए । प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले बुधबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा बिहान परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ ।