प्रकाश सपुत र सुनिता दुलालको नयाँ देउसी गीत ‘उज्यालो तिहार’ सार्वजनिक भएको छ। नेपालीहरुको रमाइलाे पर्व तिहारको संघारमा उक्त गीत सार्वजनिक भएको हो।
तिहार सम्बन्धित मौलिक शब्द र लोक लयमा तयार देउसी गीतमा गायक सपुतकै शब्द, संगीत छ। गीतमा सपुत र सुनिताका साथमा डिबी गुरुङ, अर्जुन सुनम र टीका पुनले पनि स्वर दिएका छन्।
सार्वजनिक भिडियोमा गायक,गायिकाका साथ अग्रज कलाकारहरु लक्ष्मी गिरि, सुरवीर पण्डित, सुवर्णा दुलाल थापा, राजेश कार्की लगायतको अभिनय छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान त्यहाँ पुग्नुभएको थियो । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताउनुभयो ।
यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई पनि आजै बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभयो । प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्रा डा अरुण सायमीले भन्नुभयो, “प्रधानमन्त्री ओलीले बिहानी खाजा खानुभयो, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ ।”
प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति छ । छातीमा सङ्क्रमण देखिएका कारण उपचारका लागि प्रधानमन्त्री ओली सो सेण्टरमा सोमबार भर्ना हुनुभएको हो ।
– वासुदेव पौडेल
कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ ।
सर्वसाधारण पहाडी क्षेत्रबाट बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीका सम्भावनालाई उजागर गर्न गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा नै यसलाई महत्व दिएको हो ।
गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार पछिल्ला समयमा कोदोको अत्याधिक माग बढेको छ । “ तर पनि उत्पादन कम हुँदै गएको अवस्थालाई दृष्टिगत गरी यसतर्फ कृषकलाई प्रोत्साहित गर्ने कार्यक्रम अघि सारिएको हो”, गाउँपालिकाका प्रमुख कुँवरले भन्नुभयो । सो गाउँपालिका क्षेत्र अन्नपूर्ण पदयात्रा पर्यटनको उत्कृष्ट गन्तव्य हो । सो क्षेत्रमा पद्यात्राका लागि जाने पर्यटकले कोदोका परिकारको माग गर्ने गर्छन् । तर माग अनुरुप कोदोका विविध परिकार पर्यटकलाई पु¥याउन भने सकिएको छैन ।
नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्रमा गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । कोदोखेती प्रवद्र्धन गर्न अनुदान योजना अघि सारेको गाउँपालिकाले यहाँका ११ वटै वडामा एक÷एक वटा कोदो माड्ने उपकरण वितरण गर्ने भएको गाउँपालिकाले जनाएको छ ।
उहाँका अनुसार गाउँपालिकाका प्रत्येक होटलमा अनिवार्य कोदोको परिकार समावेश भएको मेनु राख्नुपर्ने व्यवस्था गरिएको छ । गाउँपालिका भएर जाने पोखरा बाग्लुङ राजमार्गका होटलमा पनि कोदाको परिकारको मेनु राख्न लगाइने भएको छ ।
“पछिल्लो समयमा यस क्षेत्रमा आउने पर्यटकले पनि कोदोको परिकार अत्यधिक माग गर्ने गरेको पाइन्छ,” उहाँले भन्नुभयो, “ पछिल्लो जनगणना अनुसार गाउँपालिकाको छ हजार २९ घरधुरीमध्ये औसतमा एक घरले एक मुरी कोदो उत्पादन गर्ने गर्छन् ।”
बजारको मागलाई आत्मसात् गर्न सके यसबाट स्थानीयवासीको राम्रो आयआर्जन गर्नसक्ने देखेर नै कोदोखेतीको प्रवद्र्धनमा गाउँपालिका लागेको बताइएको । यसवर्ष कोदो थन्क्याउने मौसम शुरु हुन लागेका कारण उपकरण चाँडै नै खरीद गरी ५० प्रतिशत अनुदान सहयोगमा समुदायलाई हस्तान्तरण गर्ने गाउँपालिकाको लक्ष्य रहेको कृषि महाशाखा प्रमुख शशीकुमार सिंहले जानकारी दिनुभयो ।
“ आगामी १० दिनभित्रै उपकरण खरीद गरी प्रत्येक वडामा पु¥याउन लागेका छौं,” उहाँले भन्नुभयो,“ उपकरणको प्रयोगले कृषकलाई कोदो माड्न निकै सहज हुने छ ।” ग्रामीण क्षेत्रमा अहिलेसम्म परम्परागत रुपमा नै लौराले हानेर कोदो झार्ने चलन छ । कृषि कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा प्रत्येक वर्ष कोदोको उत्पादन घट्दै गएको छ । कास्कीमा पछिल्ला वर्षमा कोदोखेती हुने क्षेत्रफल घटेर १४ हजार ७०० हेक्टर पुगेको छ । कोदोको उत्पादकत्व प्रति हेक्टर १.२ मेट्रिक टन रहेको यस जिल्लामा कूल १७ हजार ७०० मेट्रिक टन कोदो उत्पादन हुने गरेको छ ।
कास्की आसपासका स्याङजा, तनहँु, लमजुङ, गोरखा, पर्वत, वागलुङ, म्याग्दीलगायतका जिल्ला कोदो उत्पादन राम्रो हुने भएपनि उत्पादन भने घट्दो रहेको बताइएको छ ।
कोदो खेती कम हुन थालेसँगै यसका विभिन्न प्रजाति लोप हुँदै गएका छन् । विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्ले जस्ता विभिन्न प्रजाति पाउने गरिएकोमा ती प्रजाति लोप हुँदै गएका छन् ।
पछिल्लो समयमा कोदो लगाउने जमिनमा कृषकले घैया प्रजातिसाथै पाखे धान लगाउन थालेकाले पनि कोदोको उत्पादन घट्दै गएको कृषक बताउँछन् । मधुमेह जस्ता रोगका बिरामीलाई पनि खान हुने भएकोले बजारमा कोदोको अत्याधिक माग हुने गरेको पाइन्छ । पौष्टिक अन्नमध्येको कोदो रोटी, ढिँडो, पुवा जस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ । कोदोखेतीको सम्भावनालाई उजागर गर्दै यसबाट स्थानीयवासीको आजआर्जन बढाउन गाउँपालिकाले गरेको पहलकदमीलाई महत्वका साथ हेरिएको छ ।
कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ । स्थानीय समयअनुसार मध्यान्ह १२ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त अवसरमा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल हुने बताइएको छ। अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गर्दै हुनुहुन्छ ।
मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा हुनुहुन्छ ।