प्रतिपक्षमा भए पनि काङ्ग्रेसले जनताको पक्षमा काम गर्छ , नेता साउद

  कालीकोट,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले स्थानीय, प्रदेश र सङ्घमा काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताउनुभएको छ । काङ्ग्रेस कालीकोटद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकमा दुई तिहाइ बहुमतको सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन्, सरकारका गलत क्रियाकलापका विरुद्ध काङ्ग्रेस सशक्त प्रतिपक्षको भूमिका खेल्छ ।” नेता साउदले यातायात क्षेत्रमा मूल्य वृद्धि, यातायात क्षेत्रको सिण्डिकेटलाई यथावत् राख्नु, काम नगर्ने निर्माण व्यवसायीलाई कानूनी दायरामा ल्याउन नसक्नुलगायत मुद्दाले सरकार कमजोर हुँदै गएको आरोप लगाउनुभयो । “स्थानीय सरकारमा भ्रष्टाचार बढ्दै गएको र विकास निर्माण पारदर्शी नभएको जनगुनासा बढ्दै गएका छन्”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा रहने कार्यकर्ताले यसको लेखाजोखा गर्नुस्, नागरिकलाई गाउँमा सिहंदरबार आएको महशुस गराउनका लागि प्रतिपक्षमा भए पनि काङ्ग्रेसले जनताको पक्षमा काम गर्छ ।” –––

आफ्नै श्रीमतीको हत्या

  दुल्लु, मदिराको झोकमा आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख नौमूले गाउँपालिका– ४ का ५१ बर्षीया शेर बहादुर पुन रहेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार कात्तिक २ गते राती शेर बहादुर पुनले आफ्नै श्रीमती ५३ बर्र्षिया शान्ति पुनको हत्या गरेका हुन् । दशैको टिकाको दिन विहानै देखि श्रीमान् श्रीमती दुवैले मदिरा सेवन गरेको र छिमेकीको घरमा गएर मदिरा सेवन गरी साँझ घर फर्कने क्रममा बाटोमै दुबैजना बीच झगडा भएको र त्यहीक्रममा ढुंगाले हानेर श्रीमतीको हत्या गरेको पुनले स्वीकार गरेको प्रहरी नायव उपरक्षीक पोखरेलले बताउनुभयो । उहाँका अनुसार छमेकीको घरमा श्रीमान श्रीमती र छोरा संगै गएको र साँझ परेपछि छोरालाई छिमेकीको घरमा सुताएर आफुहरु घर फिर्ता हुने क्रममा झगडा भएको पक्राउ परेका पुनले बताउनुभएको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । –––

नाइजेरियामा साम्प्रदायिक हिंसा, २४ घण्टे कफ्र्यु जारी

  अबुजा,  नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा ९कफ्र्यु० जारी गरेका छन् । हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गभर्नर नासिर एल–रुफाईले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कफ्र्यु जारी गरेको बताउनुभयो । उहाँले शान्ति कायम गर्न सबै स्थानीयबासीसँग आग्रह गर्नुभएको छ । हउसा मुस्लिम र अदारा इसाई युवाबीच यसैसाता शुरु भएको साम्प्रदायिक हिंसाका कारण कडुनाको कसुवान मगानी बजारमा तनावको वातावरण उत्पन्न भएको थियो । बजारमा शुरुमा बिहीबार दुई जनाको हत्या गरिएको थियो । त्यसपछि नाटकीय रुपमा हिंसा फैलिएको थियो । अदारा युवाले त्यसपछि हउसा समुदायका घरघरमा आक्रमण गरेका थिए । उनीहरुले स्थानीयबासीका घरमा आगो लगाउनुका साथै दर्जनौंको हत्या गरेका थिए । आफ्नो घर गुमाएका मगानीका बासिन्दा मुहम्मदु बालाले हउसा समुदायमा अधिकांश हत्या दोस्रो पटकको आक्रमणमा भएको जानकारी दिनुभयो । कडुनाका प्रहरी आयुक्त अहमद अब्दुर–रहमानले हिंसा फैल्याएको आरोपमा २२ जनालाई शुक्रबार पक्राउ गरिएको जानकारी दिनुभयो । कडुना राज्य नाइजेरियाको उत्तरी भेगका बहुसंख्यक मुस्लिम र दक्षिणका इसाई बहुल क्षेत्रको बीचमा रहेको छ । यहाँ दुई सम्प्रदायबीच हिंसात्मक घटनाहरु भइरहन्छन् । फेब्रुअरीमा कम्तीमा १० जनाको ज्यान गएको थियो भने सयौं घरमा आगजनी गरिएको थियो । सन् २००० र २००२ मा फैलिएको हिंसामा हजारौं मारिएका थिए । नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले दुई सम्प्रदायबीच उत्पन्न असमझदारीले पटपटक मुलुकमा हिंसात्मक साम्प्रदायिक घटना हुने गरेको बताएको केही दिनभित्रै पछिल्लो घटना भएको हो । –––

पाटेबाघको सङ्ख्या घटेपछि अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन शुरु

  काठमाडौँ, दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता९क्यारिङ क्यापासिटी०बारे अध्ययन थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तरराष्ट्रिय विज्ञका रुपमा जुलोजिकल सोसाइटी अफ लण्डनका विज्ञ राज अमिन र भारतका वन्यजन्तुविज्ञ अभिषेक सहभागी हुनुहुन्छ । अध्ययनमा विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराई र इकोलोजिष्ट पौडेल, विश्व वन्यजन्तु कोषका डा कञ्चन थापा, राष्ट्रिय प्रकृति संरक्षण कोषका डा नरेश सुवेदी, अर्का विज्ञ डा भगवानराज दाहाल तथा वन तथा भूसंरक्षण मन्त्रालय र वन विभागका उपसचिवसहितको टोली सहभागी हुनुहुन्छ । “यो फिल्डको काम कम छ, बढी डाटामा खेलेर अध्ययन गर्ने हो, बाघका आहारा प्रजाति के के हो, बाघ कहाँ पाइन्छन् भन्ने सबै थाहा छ, त्यही तथ्याङ्कको आधारमा विज्ञले विश्लेषण गरिरहनुभएको छ”, पौडेलले भन्नुभयो, “उहाँहरुको प्रतिवेदनपछि उपमहानिर्देशक भट्टराई नेतृत्वको प्राविधिक समितिले छलफल गरेर एउटा निचोड निकाल्छ ।” अघिल्लो महीना सार्वजनिक भएको प्रतिवेदनानुसार चितवन निकुञ्जमा पाँच वर्षमा २७ बाघ घटेको पाइएको थियो । “पहिलो चरणमा बाघको अध्ययन थालिएकाले गैँडाको पछि अध्ययन हुने पौडेलको भनाइ छ । यो आर्थिक वर्षमा अध्ययन सक्ने योजना छ ।” राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न सक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करीब ९५३ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँको मध्यवर्ती क्षेत्र भने करीब ७२९ वर्ग किमीमा फैलिएको छ । सन् २०१३ ९विसं २०७०तिर० अनुगमनमा चितवन निकुञ्जमा १२० बाघ थिए । यस पटक ९३ मात्रै बाघ पाइएको छ । सन् २०२२९विसं २०७९तिर० सम्ममा बाघको सङ्ख्या दोब्बर बनाइने सरकारी लक्ष्य रहेकाले पनि क्षमताको अध्ययन जरुरी रहेको निकुञ्ज विभागको भनाइ छ । निकुञ्ज बाघ, गैँंडा, हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्वपूर्ण वासस्थान हो । इकोलोजिष्ट पौडेलले बहन गर्न सक्ने क्षमताको अध्ययनपछि संरक्षणका रणनीति बनाएर अघि बढ्न सजिलो हुने उल्लेख गर्नुभयो । नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैंँडाको सबैभन्दा ठूलो वासस्थान हो । गणनापछि बर्दिया र शुक्लाफाँटामा केही गैंँडा स्थानान्तरण गरिएको छ भने चीन सरकारलाई दुई जोडी गैंँडा उपहार दिइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बाघ र गैंँडाको सङ्ख्या बहन गर्न सक्ने क्षमताको अध्ययन विशिष्ट प्रकृतिको अध्ययन भएको बताउनुहुन्छ । अध्ययनका क्रममा बाघ, गैँंडाका आहारा प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी शिकारका चुनौती, चरीचरण भौगोलिक अवस्थालगायत सबै कुराको विश्लेषण हुनेछ । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल अध्ययन गरेपछि वास्तविक अवस्था पत्ता लाग्ने बताउनुपर्छ । उहाँका अनुसार नेपालमै पहिलो अध्ययन भएकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चितवनका संरक्षणकर्मीले भने वासस्थान नाश हुँदै गएकाले वन्यजन्तु बस्तीमा आउने, सामुदायिक वनमा वासस्थान बनाउने र अर्को क्षेत्रमा सर्ने गरेको जिकिर गर्दै आएका छन् । बाघ संरक्षण उपसमिति रत्ननगरका संयोजक जीतु तामाङ मुख्य गरी बासस्थान संरक्षणमा योजना बन्न नसकेको जिकिर गर्नुहुन्छ । बाघ परिस्थितिकीय प्रणालीको उच्चस्थानमा रहने जनावर हो । लजालु प्रजातिमा पर्ने बाघ मिश्रित खालको जङ्गलमा बस्छ । चुरे क्षेत्रमा आराम गर्न पुग्छ । आहारा प्रजाति र पानीको स्रोत भएको आसपासमा बढी सक्रिय हुन्छ । बाघ दिउँसो आराम गर्ने र साँझ बिहान सक्रिय हुने जनावर हो । बाघको बासस्थानका लागि चुरे, नदी तटीय क्षेत्र र सालको जङ्गल चाहिन्छ । घाँसे मैदानमा चित्तल, जरायो, बँदेललगायत वन्यजन्तु हुने भएकाले शिकार खेल्न जान्छ । ––––