नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै,

0
नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ । सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवा समेत पाउन सकेका छैनन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा करिब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग छ । मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भए गरेका उपलब्धी, समस्या एवं चुनौतीका विषयमा छलफल गर्न, मानसिक रोगीको मानव अधिकारको विषयमा वकालत गर्ने जस्ता विविध उद्देश्यका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइने गरिन्छ । बार्षिक ५ हजार बढी नेपालीको मृत्यु आत्महत्याबाट हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । त्यसमध्ये ९० प्रतिशत मृत्यु आत्महत्याका कारण र आत्महत्या गर्नेमध्ये ८० प्रतिशतको मृत्यु उदासिनताका कारण हुने गरेको बताइएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अबसरमा डा बासुदेव कार्कीले पछिल्लो तथ्यांक प्रस्तुत गर्दै हरेक बर्ष ५ हजार बढीको मृत्यु आत्महत्याबाट हुने गरेको बताए । उनले मानसिक स्वास्थ्य समस्या दिनानुदिन बढदै गएको भन्दै साना व्यक्तिमा हरेक ५ मा एक र ठुलो व्यक्ति हरेक ४ मा एक जना मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिरहेको बताए । मानसिक स्वास्थ्यका लागि सरकारले मुस्किलले एक प्रतिशत बजेट छुट्याउने गरेको तर बालबालिकाको मानसिक रोग नियन्त्रणका लागि बजेटको व्यवस्था नभएकोमा चिकित्सकहरुले दुखेसो पोखेका छन । यसैबिच, स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले सरकारले २५ सैय्यासम्मका अस्पतालमा मानसिक रोग विशेषज्ञ पठाउने तयारी गरेको बताए । ।विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टोबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ

आफ्नै बाबुले गरे १४ बर्षकी छोरीलाइ पटक पटक बलात्कार

0
रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् । आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो । बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखेका छौँ, प्रहरी प्रवक्ता सुदर्शन पन्थीले भने । पछिल्ला दिनमा जिल्लामा बलात्कारका घटनामा वृद्धि भइरहेको अधिकारकर्मी तुलसा आचार्यले बताइन् । हिंसापीडित महिलाको अल्पकालीन आश्रयका लागि खोलिएको केन्द्रमा सेवा लिन आउनेमध्ये अधिकांश बलात्कारमा परेका महिला रहेका छन्, आचार्यले भने ।

बुधबारदेखि लिग पुनः शुरु हुँदै

0
–कुमार चौलागाई काठमाडौँ, २३ असोज असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि पुनः शुरु हुँदैछ । ए डिभिजन लिग निर्देशक सञ्जिव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महिनाका लागि लिग स्थगित हुनेछ । एन्फाले २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सकाउने जनाएको छ । त्यसपछि दशैँ, तिहार र छठको बिदा अवधिभर एक महिनाका लागि लिग स्थगित हुनेछ । २४ गते एउटा, २५ र २६ गते दुई÷दुई खेल हुनेछन् । असोज २४ गते मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ । उक्त खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै असोज २५ गते फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच ११ बजे एन्फा कम्प्लेक्समा खेल हुनेछ । सोही दिन जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच एन्फामै दोस्रो खेल हुनेछ । असोज २६ गते बिहान ११ बजे एन्फा मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एपिएफ तथा ३ बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दी प्रतिष्पर्धा गर्नेछन् । “पहिलो चरणको खेल सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ, दशैँ, तिहार, छठ लगायत महत्वपूर्ण चाडपर्व सकिएपछि मङ्सिर पहिलोसातादेखि लिगका दोस्रो चरणका खेलहरू शुरु हुन्छ”, निर्देशक मिश्रले भन्नुभयो । उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले अङ्क बाँडेका थिए भने दोस्रो खेल सरस्वती युथ क्लबलाई पराजित गर्दै सङ्कटा क्बल विजयी भएको थियो । लिगका खेलहरू तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख तथा तेस्रो हुनेले रु २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार प्रदान गरिनेछ । यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम ९एनआरटी०, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

निवासको कप्तानीमा साफ यू–१५ टोली घोषणा

0
काठमाडौँ, २३ असोज ः आगामी कात्तिक ८ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुने साफ यू–१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आज साफ यू–१५ का लागि निवास फुयालको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा जान लिम्बु, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, हृदेश ठकुरी, प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ र प्रविन मगर राकेश विक, शशाङ्क बोहरा, निराजन मल्ल, धिरज बलायर, नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई, रोशन नेपाल, रोशन मगर र विनय श्रेष्ठ छन् । टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सनोज श्रेष्ठलाई दिइएको एन्फाले जनाएको छ ।