गैरआवासीय नेपाल विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि

२४ आश्विन २०७५, बुधबार

काठमाडौँ, २४ असोज गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्९एनआरएनए०ले काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

गैर आवासीय नेपाली दिवसको सन्दर्भ पारेर यही असोज २६, २७ र २८ गर्ने सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा विभिन्न देशमा काम गरेर ख्याति कमाएका विज्ञले १६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने कार्यक्रम रहेको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो ।

मुलुकको समृद्धिमा सहयोग गर्ने मुख्य लक्ष्यसाथ सम्मेलन गर्न लागिएको भन्दै भट्टले देशको आर्थिक विकासमा सम्मेलन कोशेढुङ्गा सावित हुने बताउनुभयो । एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्माले सम्मेलनमा ३५० जना प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

“हाम्रो देश आफैं बनाउन सक्षम छौं भनेर राज्यलाई आत्मविश्वास दिलाउने छौं, शर्माले पत्रकारसँग भन्नुभयो, “यो ऐतिहासिक र पहिलो सम्मेलन हो, लगानी भित्र्याउन सहयोगी बन्ने छ ।”

सम्मेलनमा पहिलो पटक विधान संशोधनको विषयलाई समेत प्रवेश गराइने छ । अहिले तीन उपाध्यक्ष रहेकोमा थपेर विषयगत रुपमा पाँच उपाध्यक्ष पु¥याउने र दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने गरी विधान संशोधन प्रस्ताव लगिने छ । सो अवसरमा विधान संशोधनलगायत नीतिगत विषय, कृषि, जलविद्युत्, यातायात, वातावरण प्रदूषण नियन्त्रण, बाहिरबाट सिकेका ज्ञान, सीपको उपयोग र समस्याबारे छलफल तथा विभिन्न अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र नीति निर्माताबीचमा अन्तक्र्रिया हुनेछ ।

Leave a Reply