नेपाल प्रेस युनियन बझाङ शाखाको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा रमानन्द जोशी सर्वसम्मत
बझाङ । नेपाल प्रेस युनियन बझाङ शाखाको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा रमानन्द जोशी सर्वसम्मत रुपमा चयन भएका छन ।त्यसैगरि उपाध्यक्ष खुल्लामा असोक खड्का ,उपाध्यक्ष महिलामा पार्वती ऐडी , सचिवमा दिनेश साँउद , कोषाध्यक्षमा बिना रोकाया सहित अन्य सदस्यहरु रहेको छन् ।
केन्द्रिय पार्षदमा निवर्तमान अध्यक्ष जगदीस रोकायासहित शैलेन्द्र रोकाया , निरनराम जोशी , शिवराज उपाध्याय , यज्ञराज उपाध्याय, नरेन्द्र खाती , सिता खड्का, पार्भती ऐडी लगायत १२ जना रहेका छन् ।
त्यसैगरि प्रदेश पार्षदका लागी जगत खड्का , दिपक भण्डारी , डिबी बिष्ट ,प्रदिप मलासी, उमेश जेठारा लगायत १९ जना रहेका नवर्निचित अध्यक्ष रमानन्द जोशीले वताए ।
८० जना साधारण सदस्य रहेको युनियनको चौथो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस बझाङका सभापती हर्कजगं बहादुर सिंह ले गरेका थिए ।
अधिवेशन सम्पन्न गर्न प्रेस युनियनका सुदुरपश्चिम संयोजक लाल ऐर र प्रतिनिधि केन्दिय सदस्य हरिस भट्ट सहभागि थिए ।
निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कैलालीका विद्यार्थी सडकमा,सरकार अपराधी बचाउन लागीरहेको आरोप
कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मलापन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कैलालीका बिद्यार्थी सडकमा उत्रिएका छन । बलात्कार पछि हत्या भएको ६४ दिन पुगीसक्दा पनी सरकराले अपराधी पत्ता लगाउन सकेको छैन । घटनको अनुसन्धान गरीरहेको प्रहरीले समेत हत्याकाण्डको ठोस प्रमाण अहिले सम्म फेला नपरेको र अनुसन्धान जारी रहेको वताउदै आएको छ।
हत्यामा संलग्नलाई कारबाहिको साटो सरकार अपराधी बचाउमा लागीरहेको भन्दै दोषिलाई कारबाहिको माग सहित लम्कीचुहा नगरपालिका अन्तरगत बिभिन्न विद्यालयमा अध्यनरत बालिकाहरुले पुर्वपश्चिम महेन्द्रराजमार्गको लम्की चौराहामा करीब डेढ घण्टा चक्काजाम सहित कोणसभा गरेका छन् ।
विभिन्न विद्यालयवाट स्वस्फुर्तरुपमा आन्दोलनमा सहभागी भएका विद्यार्थी बालिकाहरुले सरकारको यस्तो कदमले आफुहरु शशंकीत मात्र नभइ ढुक्कसंग हिडडुल गर्न समेत असहज भइरहेको भन्दै आक्रोसित भएका छन् । सरकारको पछिल्लो कदम र जिम्मेवार व्यक्तीवाट आईरहेका अभिव्यक्तीले निर्मला पन्तका हत्यारा प्रक्राउ हुनेमा आफुहरु विश्वस्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय वढ्दै गरेका वलात्कार र हत्याका श्रृङ्खलाले आफुहरुको सुरक्षामाथि नै गम्भीर प्रश्न उठेको भन्दै सरकारले गरिब जनतामाथि अन्याय गरेको वताए । हत्यार आफ्नै वरिपरी निर्धक्क घुमिरहेको भए पनी सरकार कानमा तेल हालेर सुतिरहेकोले सरकारको नेतृत्व गर्ने माथि नै गम्भीर शंका उत्पन्न भएको वालिकाहरुको भनाई थियो । सरकारको यस्तो कदमले देशमा सरकार छ की छैन भन्ने अभाष भएको वालिकाहरुको भनाई थियो ।
। निर्मलाका पन्तका हत्यारालाई कारवाही गर्न नसकेकै कारण देशमा अन्य वलात्कार र हत्या का घटना वढीरहेको भन्दै यसले अपराधीलाई थप प्रोत्साहान मिलिरहेको वालिकाहरुको भनाई थियो ।
। हत्यारालाई तत्काल प्रक्राउ गरी कारबाहि गर्न माग गर्दे देश व्यापी आन्दोलन भइरहेको छ । बालिका हत्याको विरोधमा देशव्यापी आन्दोलन र प्रर्दशन भइरहदा कैलालीका बालिका विद्यार्थी समेत आन्दोलित बनेका हुन ।

विभिन्न विद्यालयवाट स्वस्फुर्तरुपमा आन्दोलनमा सहभागी भएका विद्यार्थी बालिकाहरुले सरकारको यस्तो कदमले आफुहरु शशंकीत मात्र नभइ ढुक्कसंग हिडडुल गर्न समेत असहज भइरहेको भन्दै आक्रोसित भएका छन् । सरकारको पछिल्लो कदम र जिम्मेवार व्यक्तीवाट आईरहेका अभिव्यक्तीले निर्मला पन्तका हत्यारा प्रक्राउ हुनेमा आफुहरु विश्वस्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय वढ्दै गरेका वलात्कार र हत्याका श्रृङ्खलाले आफुहरुको सुरक्षामाथि नै गम्भीर प्रश्न उठेको भन्दै सरकारले गरिब जनतामाथि अन्याय गरेको वताए । हत्यार आफ्नै वरिपरी निर्धक्क घुमिरहेको भए पनी सरकार कानमा तेल हालेर सुतिरहेकोले सरकारको नेतृत्व गर्ने माथि नै गम्भीर शंका उत्पन्न भएको वालिकाहरुको भनाई थियो । सरकारको यस्तो कदमले देशमा सरकार छ की छैन भन्ने अभाष भएको वालिकाहरुको भनाई थियो ।
। निर्मलाका पन्तका हत्यारालाई कारवाही गर्न नसकेकै कारण देशमा अन्य वलात्कार र हत्या का घटना वढीरहेको भन्दै यसले अपराधीलाई थप प्रोत्साहान मिलिरहेको वालिकाहरुको भनाई थियो ।
। हत्यारालाई तत्काल प्रक्राउ गरी कारबाहि गर्न माग गर्दे देश व्यापी आन्दोलन भइरहेको छ । बालिका हत्याको विरोधमा देशव्यापी आन्दोलन र प्रर्दशन भइरहदा कैलालीका बालिका विद्यार्थी समेत आन्दोलित बनेका हुन । समाचार लेखे बापत बुधबार अत्तरिया बजारमा राष्ट्रिय अखबार जलाइए
धनगढी । प्रदेश सभाले ७ नम्बर प्रदेशको राजधानी कैलालीको गोदावरी स्थित चुरेको फेद तेघरीमा तोके पछि अन्तर्राष्ट्रिय जैविक मार्गसमेत रहेको उक्त स्थान राजधानीका निम्ति उचित नहुने आशयका समाचार लेखे बापत बुधबार अत्तरिया बजारमा राष्ट्रिय अखबार जलाइएका छन् । राष्ट्रिय दैनिक कान्तिपुर , नागरिक र अन्नपूर्ण पोष्ट लगायतका दैनिक अखबार अत्तरीया बजारमा अपराधिक मानसिकता भएको एक समुहले बिहान जलाएको हो ।
‘बाघ हिड्ने बाटोमा राजधानी’ र चुरे संरक्षणमा तेघरी वन महत्वपुर्ण रहेकाले प्रदेश राजधानी उक्त स्थानमा उचित नहुने तर्कको समाचार प्रकाशन गर्दै आएको भन्दै पत्रिका जलाएको उनीहरुले बताएका छन ।
प्रदेश राजधानी गोदावारीको तेघरीस्थित जंगलमा बनाउन नहुने बहस र चर्चा चलिरहेकै अबस्थामा ठुला मिडियाहरुले उक्त बिषय कभरेज गरे पश्चात् पराजित मानसिकता बोकेका कायर्हरुको एक झुन्डले अखबार जलाउने काम सुरु गरेका छन् ।
प्रदेशको राजधानी तेघरी जंगल बाहेकको अन्य बिकल्प खोजिनु पर्ने तर्क र बहस चुलिएका बेला राष्ट्रिय दैनिक अखबार जलाउने घटनाले प्रदेश सभाले तेघरी जंगलमा राजधानी तोक्नुको रहस्य छताछुल्ल पारी दिएको छ ।
प्रेस स्वतन्त्रता माथी नियन्त्रण र धरपकड का घटनामा संलग्न अपराधीहरुमाथि अबिलम्ब कारवाहीको माग सर्बत्र गरिन थालेको छ । डोटीमा ७४ बर्षीया बृद्धा बलात्कृत ,
डोटी । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको पीडितले प्रहरी समक्ष बताएकी छिन् । छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा उनलाइ धामीले बलात्कार गरेका थिए । पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले धामीलाइ नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।
समाजमा नाबालक बच्ची देखि जेष्ठ नागरिक महिला सम्म बलात्कार को शिकार हुने क्रम दिनानुदिन बढिरहेका कारण आम नागरिक त्रसित मानसिकतामा बाँच्न बिबश छन । सरकारले कंचनपुरका निर्मला हत्याका अपराधीलाइ कानुनी दायरामा ल्याउन नसक्दा अपराधीको मनोबल बढेको बलत्कार बिरुद्धका अभियान्ताहरु बताउछन ।